ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतलाई रोक्दै एसिया कपको उपाधि घरमै राख्ला श्रीलंकाले ?


एबीसी न्यूज
भाद्र ३१, २०८० आईतबार  २ : २३ बजे

काठमाडौं, ३१ भदौ । एसिया कप २०२३ को उपाधिका लागि आज आइतबार भारत र श्रीलंका भिड्दैछन्।

श्रीलंकाको घरेलु मैदान कोलोम्बोमा हुने खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। ३५ हजार क्षमताको कोलोम्बोको आर प्रेमदासा स्टेडियमका सबै टिकट बिक्री भइसकेका छन्। भारतको कप्तानी रोहित शर्माले गर्दा श्रीलंकाको कमानी भने दासुन शानकाले गर्ने छन्।

श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै सातौं पटक एसिया कपको उपाधि जित्न चाहान्छ। घरेलु मैदानमा स्पिन आक्रमणमा मजबुद श्रीलंका भारतलाई रोक्ने रणनितिमा हुनेछ।

फाइनलअघि चोटका कारण स्पिनर महेश थिक्सेनालाई गुमाएको श्रीलंकालाई केही समस्या पर्ने देखिन्छ। उनको स्थानमा सहान अरचिगे आउन सक्छन्।

घरेलु टोलीका लागि स्पिनर दुनिथ वेलालागे, मथिस पाथिराना मुख्य हतियार हुन्। ब्याटिङ अलराउण्डर चरिथ असलंका, कुशल मेन्डिस, विकेटकिपिङ ब्याटर कुशल परेरा र पथयुम निशाङके मुख्य ब्याटर हुन्।

उता भारत पनि श्रीलंकालाई उसकै भूमिमा स्तब्ध पार्दै आठौं उपाधि उचाल्ने योजनामा छ। ब्याटिङ लाइनमा मजबुद भारत समूह चरणकै प्रदर्शनलाई दोहोर्‍याउन चाहान्छ। भारतका ओपनर शुभमन गिल र रोहित शर्मा उच्च लयमा छन्।

शुभमन र कप्तान शर्माको उच्च साझेदारी घरेलु टोलीका लागि केही घातक बन्न सक्छ। जस्प्रित बुमराह, कुलदीप यादव र सार्दुल ठाकुर भारतका प्रमुख हतियार हुन्।

पछिल्लो पाँच खेललाई हेर्ने हो भने चार खेलमा भारत अपराजित छ। एक खेलमा श्रीलंकाले कोलोम्बोमा नै भारतलाई डीएल मेथडमा ३ विकेटले हराएको थियो। त्यसपछिका बाँकी खेलमा भारत अपराजित छ।

सुपर फोरमा दुवै टोलीको समान ४ अंक भएपनि नेट रनरेटमा भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनल खेल्न लागेका हुन्।

सुपर फोरमा पाकिस्तानलाई २ विकेट तथा बंगलादेशलाई २१ रनले हराएको श्रीलंका भारतसँग भने ४१ रनले पराजित भएको थियो। श्रीलंका फाइनलमा त्यो हारको बदला पनि लिन चाहान्छ।

उता पाकिस्तानलाई २ सय २८ रनको विशाल अन्तरले हराएको भारत बंगालदेशसँग भने ६ रनले पराजित भएको थियो। सुपर फोरमा घरेलु टोलीलाई ४१ रनले हराएको भारत फाइनलमा पनि त्यही लय दोहोराउने दाउमा छ।

पछिल्लो पटक भारतले सन् २०१८ मा र श्रीलंकाले २०२२ मा एक दिवसीय एसिया कपको उपाधि जितेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

आजदेखि दसौँ टी–२० विश्वकप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com