ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीलाई धरानका मेयरको पत्र : डीएसपी मल्लले मैले भनेको टेरेनन्, तुरुन्त सरुवा गरिदिनू


एबीसी न्यूज

काठमाडौं, २९ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्ललाई तत्काल सरुवा गरिदिन माग गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र लेखेका छन्।

बुधबारको मितिमा आवश्यक कारवाही शीर्षकमा पठाइएको पत्रमा उनले मल्लले स्थानीय सरकारले भनेको नटेरेकाले तत्काल सरुवा गरिदिन माग गरेका हुन्।

‘इलाका प्रहरी कार्यालय, धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक ९डीएसपी० नवराज मल्लले स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाइ केही गर्न नमान्ने, ढुंड्डा गिट्टी तस्करलाई प्रकाउ गर्न जान नमान्ने, स्थानीय शान्ति सुरक्षामा केही नगर्ने, स्थानीय सरकारको सुरक्षा गर्न नसक्ने। मेयर साम्पाङले भनेका छन्,  सार्वजनिक जग्गा अतिक्रमण तस्करको अराजकता गतिविधि रोक्न प्रहरीको सहयोग माग्दा समयमा कहिले नआउने, ढिलो आएर पर बसेर मुकदर्शक बन्ने।

मल्लमाथि उनले आफूलाई गाली बेइजती र आक्रमण गर्न खोज्ने मान्छेलाई प्रकाउ गरी छानबिन गर्न नमानेको आरोप पनि लगाएका छन्।

‘नगर प्रमुख स्वयम्‍ले दिएको उजुरी दर्ता नगर्ने लगायत मेरो घरमा आक्रमण गर्दैछ भनेर उपमेयरले जानकारी गराउँदा प्रहरी नपठाएर स्थानीय सरकारको आदेश पालना नगर्ने र शान्ति सुरक्षामा बिलकुल चासो नदिने भएकोले जनतासँग प्रत्यक्षरुपमा जोडिने स्थानीय सरकार के शान्ति सुरक्षा गर्न नसकी मुकदर्शक बन्ने डीएसपी मल्ललाई तुरुन्त सरुवा गरी अर्को पठाइदिनहुन अनुरोध छ।’

पछिल्लो समय एकपछि अर्को विवादमा पर्दै आएका मेयर साम्पाङले आफूले भनेको नटेरेपछि मल्लको सरुवामा जोड गरेका हुन्।

संघीय सरकार मातहत रहने गरेको प्रहरीले आफ्नो निर्देशन नमानेको आरोप उनले लगाएका हुन्। यसअघि गत भदौ २३ गते डेंगीविरुद्ध अभियान चलाउँदै धरान–१५ पुगेका मेयर साम्पाङलाई वडावासी अशोक लिम्बुले प्रश्न गरेका थिए।

आफूलाई प्रश्न गरेकै भरमा लिम्बुलाई नगर प्रहरी लगाएर पक्राएका साम्पाङले त्यस घटनालाई जोडेर पनि मल्लको सरुवा मागेका हुन्।

उक्त प्रकरणमा पक्राउ परेका लिम्बुलाई जिल्ला प्रहरी कार्यालयले मुद्दा चलाउन नपर्ने भन्दै छाडिदिएको थियो।

 

त्यसपछि दुई दिनअघि उपमेरय अइन्द्रविक्रम बेघाका भाइलाई घरमै आएर आक्रमण गरेको प्रकरणमा पनि मेयरले मल्लको आलोचना गरेका छन्।

तर प्रहरीको पटके सूचीमा परिसकेका मेयर बेघाका कान्छा भाइ विष्णु बेघा पनि अहिले प्रहरीको हिरासतमा छन्।

‘ग्याङ फाइट’मा संलग्न रहेको आरोपमा पक्राउ परेका विष्णु यसअघि पनि विभिन्न मुद्दामा प्रहरी हिरासत र जेल नै पुगेका खुलेको छ।

२०७६ सालमा सुजन भुजेलले दिएको उजुरीका आधारमा ज्यान मार्ने उद्योगमा संलग्न विष्णुले ५ हजार जरिवानासहित ६ महिना कैद सजाय भुक्तान गरेका थिए।

२०७७ सालमा प्रकाश मगरको उजुरीमा विष्णुविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा विष्णुले सफाइ पाएका थिए। रिहा भएपछि पनि विष्णु विभिन्न अपराधमा संलग्न भएका थिए।

विष्णुमाथि पटक पटक अभद्र व्यवहारको आरोप लागेको थियो। २०७७ सालमा बिसन श्रेष्ठले विष्णुविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता हालेपछि धरौटीमा रिहा भएका थिए।

पछिल्लो पटकको खुकुरी हानाहान प्रकरणमा बेघा पक्षका ३ जना र अर्को समूहका ५ जनालाई इलाका प्रहरी कार्यालय धरानले हिरासतमा लिएको छ। बेघाले खुकुरी हानेपछि गम्भीर घाइते सन्देश राईको बयानका आधारमा उपमेयरका भाइ पनि समातिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com