ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी नामकरण विवाद : प्रधानमन्त्री सहभागी सभाको ब्यानरमा प्रदेशको नाम नै छैन


एबीसी न्यूज

काठमाडौं, २५ भदौ । समाजवादी मोर्चाले आज कोसी प्रदेशको विराटनगरमा सन्देशसभा आयोजना गरेको छ । विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रमको ब्यानरमा भने प्रदेशको नाम उल्लेख भएन ।

प्रदेशस्तरीय सन्देश सभामा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सहभागी छन् ।

समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रमको ब्यानरमा समाजवादी मोर्चा प्रदेश समिति मात्र उल्लेख गरिएको छ । तत्कालीन प्रदेश नं १ प्रदेससभाबाट फागुन १७ गते प्रदेशको नाम पारित गराउँदा प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रले समेत पक्षमा मतदान गरेको थियो । तर, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी० पहिचानको मागसहित विपक्षमा थिए ।

मोर्चामा रहेका जसपा, एकीकृत समाजवादी, माओवादीका नेताहरुले ब्यानरमा कोसी लेख्ने वा नलेख्ने विषयमा मतान्तर भएपछि प्रदेश समिति मात्र लेखिएको आयोजकले जनाएका छन् । मोर्चाका प्रचार सामग्रीमा कोसी प्रदेश लेखिएको छैन ।

एकीकृत समाजवादीका नेता महेश रेग्मीले नामको विषयमा दलहरुबीच अहिले पनि फरक धारणा भएकोले उल्लेख नगरिएको बताए । मोर्चाले काठमाडौंबाट सन्देशसभा सुरु गरेको हो । विराटनगरपछि धनगढीमा कार्यक्रम हुने मोर्चाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com