ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्विनी गुरुयोजनाका काम तोकिएको समयभित्र सम्पन्न गर्न उपाध्यक्ष डा.लामाको निर्देशन


ABC NEWS
भाद्र २०, २०८० बुधबार  ५ : २१ बजे

लुम्बिनी २० भदौ । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजनाको निर्माणको काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । बुधबार निरीक्षण तथा अनुगमनपछि उनले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा कायम गरेर तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

लुम्बिनी विकास कोषको गुरुयोजना ४५ वर्षपछि पूरा हुने अन्तिम चरणमा पुगेको छ । तर ठेक्का लिएका कम्पनीले तदारुकताका सथा काम नगर्दा काम भने अधुरै रहेको छ। कोषले दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता गरे पनि सम्झौताको करिब २ महिना बाँकी रहदा समेत निर्माण कार्य आधा पनि हुन नसकेकोमा कोषका नवनियुक्त उपाध्यक्ष लामाले फिल्डमा गएर निमार्ण कार्यको अनुगमन गरेका हुन् ।

लामाले निर्माण व्यवसायीलाई सचेत गराएको एक हप्तापछि फिल्डमा गएर निमार्ण कार्यको अनुगमन तथा निरीक्षण गरेका हुन् । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरुलाई फिल्डमा बोलाएर एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिनुको साथै काम सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने उनले चेतावनी दिएका छन् ।

कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि ठेक्का सम्झौता लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग अलगअलग ठेक्का सम्झौता गरेको थियो । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर आह्वान गर्न ठेक्का सम्झौता भए पनि अहिले सम्म गुरुयोजना सम्पन्न हुन सकेको छैन ।
नवनियुक्त उपाध्यक्ष लामाले लुम्विनी गुरु योजनाका काम यथासमय सम्पन्न गर्न र अन्य काम अघि बडाउन योजना बनाइरहेको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

काठमाडौंमा डोजर आतंक कि व्यवस्थापन सुधार ?देवीनगरमा साततले घर भत्कियो—प्रशासन कहाँ थियो यत्रो वर्ष ?

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com