ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेश : कुन्दनराज काफ्लेले किन दिए सचेतक पदबाट राजीनामा?


एबीसी न्यूज

काठमाडौं, १९ भदौ । बागमती प्रदेश कांग्रेस संसदीय दलका सचेतक कुन्दनराज काफ्लेले सचेतक पदबाट राजीनामा दिए। सचेतकको भूमिकामा रहँदै गर्दा राजनीतिमा सक्रिय भूमिका देखाउन नसकेको र आगामी दिनमा दोलखाका जनताको लागि पार्टीगत कामका सक्रिय रहने भन्दै मंगलबार बिहान कांग्रेस संसदीय नेता बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन्।

गत पुसमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एमाले र राप्रपाको गठबन्धनको सरकार गठन हुँदा प्रमुख प्रतिपक्षी दलको भूमिकामा कांग्रेस थियो। कांग्रेस प्रमुख प्रतिपक्ष दल रहँदा संसदीय दलका नेता लामाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका थिए।

तत्कालीन सत्ता गठबन्धन करिब २ महिना चल्दा काफ्लेलाई प्रमुख प्रतिपक्ष दलको मुख्य सचेतकको जिम्मेवारी तोकिएको थियो। जुनबेला प्रमुख सचेतकले पाउने सेवा सुविधा काफ्लेले पाउँदै आएका थिए। तर गत फागुनमा सत्ता गठबन्धन परिवर्तनसँगै कांग्रेस सत्ता पुग्यो। कांग्रेस सत्तामा आएसँगै उनको प्रमुख सचेतक पद र सेवा सुविधा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद रत्न प्रसाद ढकालले पाएका थिए।

ढकाल प्रमुख सचेतक बनेपछि उनी सचेतकको जिम्मेवारीमा रहनु परेको थियो। आफ्नो सेवा सुविधा खोसिएसँगै काफ्ले सचेतक पदबाट असन्तुष्ट देखिएको नेपाली कांग्रेसका सांसदहरु बताउँछन्।

यता, सेवा सुविधाबाट असन्तुष्ट भएका कारण कांग्रेस बागमती संसदीय दलको सचेतक पदबाट काफ्लेले राजीनामा दिएको चर्चा चुलिए पनि उनको दाउ भने संसदीय समितिको सभापति बन्नको लागि बाटो खुल्ला गरेको भन्ने चर्चा पनि उत्तिकै छ। बागमती प्रदेश सभामा हालसम्म संसदीय समितिका सभापति टुंगिएका छैनन्।

सोमबार प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले मंगलबार संसदीय समितिको बैठक बस्ने र छिट्टै समितिको सभापति टुंग्याउने निर्णय गरेको थियो।

सोही अनुसार आज ५ वटै संसदीय समितिहरुको बैठक बस्न लागेको प्रदेश सभाका प्रवक्ता मनोज गुप्ता बताउँछन्। ‘संसदीय समितिलाई पूर्णता दिनको लागि पनि बैठक बस्न लागिएको हो,’ उनले भने, ‘जसका लागि आज संसदीय समितिको बैठक डाकिएको छ।’

त्यसोत, संसदीय समितिलाई पूर्णता दिनका लागि सरकारले तदारुकता देखाएसँगै समितिको सभापति बन्ने दाउमा काफ्लेले सचेतक पदबाट राजीनामा दिएको हुनसक्ने आंकलन गरिएको छ।

यद्यपी सो बिषयमा हालसम्म पार्टीभित्रै कुनै छलफल नभएको कांग्रेसका बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा बताउँछन्। ‘उहाँले यो बिषयमा त हामीसँग केही भन्नुभएको छैन,’ लामाले भने, ‘भित्रि रुपमा तयारी थालेको भए हामीलाई थाहा छैन। राजनीतिमा कुन बेला के हुन्छ थाहा हुँदैन। तर उहाँले हामीसँग कांग्रेस केन्द्रिय सदस्य भएको कारण पार्टीको कामलाई समय दिन भ्याइएन भन्नुभएको छ।’

यता, काफ्लेले संसदीय समितिको सभापति बन्ने बिषयमा कुनै लोभ नभएको बताएका छन्। कांग्रेसको अभियानमा सहभागी हुनको लागि सचेतकको भूमिकाबाट राजीनामा दिएको दाबी गर्दै उनले भने, ‘मलाई कुनै लोभ छैन। पद चाहिएको भए सचेतक पद छोड्ने नै थिइनँ नि।’

पार्टी नेतृत्वसँग कुनै गुनासो नरहेको पनि उनले बताए।

‘पार्टीले योग्य ठानेर मुख्य सचेतको जिम्मेवारी दिएको थियो। त्यसपछि सचेतको भूमिका पनि निर्वाह गरेँ। कोहिसँग गुनासो भएर पदबाट राजीनामा दिएको होइन,’ उनले भने।

काफ्ले गत मंसिर ४ गते भएको आमनिर्वाचनमा दोलखा १क बाट निर्वाचित भएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com