ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया कपमा नेपालले भारतसँग खेल्दा बत्ती जाँदैन : प्राधिकरण


एबीसी न्यूज

काठमाडौं, १८ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार आज एसिया कप–२०२३ को आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा हुने यो खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

अधिकांश नेपाली यो खेलको प्रतिक्षामा छन् । तर, बेला बेला झ्याप्प–झ्याप्प हुने ‘अघोषित लोडसेडिङ’ले काठमाडौं उपत्यकाबासी हैरान छन् । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई कतै बत्ती नजाने बताउँछन् । तर, अपरझट रूपमा रुखले तार छोयो वा टान्समिटर पड्किएमा केही भन्न नसकिने उनी बताउँछन् ।

“लोडसेडिङ काहीँ पनि छैन । कहिले काहीँ इमर्जेन्सी आगो लाग्यो भने अथवा रुखले तार छोयो भने लाइन अवरूद्ध हुने हो,” उनले भने, “हावा, हुरी–बतास कतै चल्यो भने केही भन्न सकिँदैन । आज काहीँ अवरूद्ध हुँदैन ।”

तर, प्राधिकरणले भने आज ११ बजेदेखि बेलुका ६ बजेसम्म ठिमी प्रसारण केन्द्रको बालकुमारी फिडरअन्तर्गत पर्ने सिरुटार डोलबाट सेक्सन लाइजर र ब्लेट स्विच काटिने बताइएको छ । ११ किलोभोल्ट लाइनमा परेको रूखका हाँगाहरू, बाँस कटान कार्यको लागि आज उक्त लाइन सटडाउनमा राखी कार्य गर्नुपर्ने भएको बताइएको छ ।

यो लाइनअन्तर्गत पर्ने सिरूटार, बिरुवा, तर्खाल, सिकारिटार, कालीटार, दधिकोट क्षेत्रमा लाइन अवरूद्ध हुने जानकारी दिइएको छ ।

त्यस्तै, जोरपाटी प्रसारण केन्द्रको गोठाटार फिडरअन्तर्गत पर्ने मान्टार, डोटेल डेरी वडा नं। ९ कार्यालय, हात्तीडाँडा, ओपिटार, गोठाटार हेल्थपोस्ट, पहेँलोपुल क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ । ११ केलोभोल्ट ‘कन्डक्टर अपग्रेटिङ’ कार्यका लागि आज १० बजेदेखि बेलुका ५ बजेसम्म उक्त फिडर सटडाउनमा राखी कार्य गरिने बताइएको छ ।

तर, यो कार्य निर्धारित समयअगावै सम्पन्न भएमा लाइन सुचारू हुन सक्ने पनि बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com