ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनको अभिव्यक्तिप्रति एमाले उपमहासचिव रिमालको झटारो !


ABC NEWS
भाद्र १७, २०८० आईतबार  १२ : ५१ बजे

काठमाडौं १७ भदौ । एमाले उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री प्रचण्डले सरकार ढाले आन्दोलन गर्छु भनेको र शानिबार बालेनपत्नी चढेको महानगरको गाडी ट्राफिकले सोधपुछ गरेको झोकमा सिंहदरबार जलाइदिने बालेन्द्रको धम्की दिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
रिमालले भनेका छन् प्रधानमन्त्रीले भष्ट्राचारी उन्मुक्तिको घोषणा गर्ने, मेयरले ट्राफिकले गाडी चेक गरेको रिमा सिंहदरबारमा आगाले लगाउने भनेर समाजलाई कता लैजना खेजका हुन् भन्दै चिन्ता जोहर गरेका छन् ।

रिमालले लेखेका छन् :
‘हाम्रो भाषा, शैली र अभिव्यक्ति !
आम रुपमा सत्तापक्ष र विपक्षको अभिव्यक्तिको कोण फरक हुनेगर्छ । विपक्षको प्रस्तुति ‘एग्रेसिभ’ र अभिव्यक्तिले ‘डिमाण्डी, कन्ट्राडिक्टोरी र स्केप्टिभ’ कोण समाउँछ । सत्तापक्षको प्रस्तुति ‘सफ्ट’ र कोण ‘रेस्पोन्सिभ, कन्सिलिटोरी, र कन्भिन्सिङ’ हुनेगर्छ । तर हिजो–अस्ति हाम्रा सत्तापक्षीय प्रमुखहरुको अभिव्यक्ति अर्कै खालको आयो । उहाँहरुका एग्रेसिभ कमेन्ट, झट्ट सुन्दा ‘हेटिङ’ र ‘डिफेमिङ्’ टाइपका थिए ।
संघीय सरकारका प्रमुख प्रधानमन्त्री प्रचण्डले आफ्नो ‘इरादा’मा कसैले तलमाथि पार्न खोजे ‘हेर्ने’ र ‘सडकमा जनता ओराल्ने’ भन्नु भयो । अझ रोचक कुरा त उहाँले राज्यको निकायले जाँचबुझको घेरामा राखेको एक ‘भिआइपी’ले ‘सफाइ’ पाइसकेको घोषणा नै गरिदिनु भयो । सरकारी अनुसन्धानले नै गम्भीर अपराधमा संलग्न भएको भनेकालाई नै ‘फलाना फलाना निर्दोष सावित भए त्यसैले मेरो टेन्सन साफ भयो’ भन्नुको अर्थ के हो रु कसैलाई निर्दोष सावित गर्न राज्य प्रयोग गर्नुलाई कानुनी शासन मान्न हाम्रो समाज अभिशप्त भएको हो रु
सबैभन्दा ठूलो मध्येको स्थानीय सरकार कामपाका प्रमुखले आफ्नो सवारी साधन रोकी सोधपुछ गरेको घटनामा सरकारलाई ‘चोर’ भन्दै र आइन्दा यस्तो गरे ‘सिंहदरबामा आगो लगाइदिन्छु’ भन्न भ्याउनु भयो । प्रधानमन्त्रीले मुलुकको कार्यकारी प्रमुखको नाताले काम आफैंले गर्ने हो, गर्न नसके सकिन भनेर बाटो लाग्ने हो भन्ने ठ्याम्मै भुल्नुभयो । हाम्रा महानगरका प्रमुखले पहिले आफैंले ‘कानुन त सबैलाई बराबर लाग्छ नि’ भनेको कुरा फ्याट्टै विर्सन पुग्नु भयो ।
यस्तो भाषा–शैली सहि हो र ?

‘प्रतिक्रियावादीहरूबाट गठबन्धन टुटाउन अनेक चेष्टा हुने गरेका छन्, ३२ सिटको पार्टीको प्रधानमन्त्री भएको छु, कति दिन रहने हो ? १५ दिन, एक महिना, दुई महिना, जति दिन रहन्छु, राष्ट्र र जनताको पक्षमा सम्पूर्ण इमान्दारिताका साथ काम गर्नेछु,’ उनले शनिबार चन्द्रागिरिमा पार्टीको तीनमहिने अभियान उद्घाटन गर्दै भने, ‘मलाई जसले हटाउनेछन्, तिनका विरुद्ध लाखौं–करोडौं जनतामा गएर आन्दोलनको नेतृत्व गर्ने संकल्प गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com