ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश २ का विजयी सांसदलाई प्रमाणपत्र वितरण


admin
माघ २४, २०७४ बुधबार  ६ : २५ बजे

जनकपुर, २४ माघ । प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित हुनुभएका सदस्यहरुलाई यहाँ आज प्रमाणपत्र वितरण गरियो ।

प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी, नेपाली काँगे्रसका मुक्ताकुमारी यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहाल, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामपृत पासवान निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै, खुलातर्फ काँग्रेसका जीतेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव र नेकपा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश उदयप्रकाश चापागाईंले निर्विरोध निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्दै कानून र संविधानलाई न्यायपूर्ण बनाउनुपर्ने धारणा राख्नुभयो ।

अब संघर्षको साटो समाधानको बाटो रोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

निर्विरोध निर्वाचित राष्ट्रियसभा सदस्य देवले जिम्मेवारीलाई सुविधाका रूपमा नलिई सेवाका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

संस्कृति मन्त्रीसमेत रहनुभएका उहाँले संघीयताका माध्यमले विद्यमान गरिबी, पछौटेपनलाई हटाई देशको मुहार फेर्न अग्रसर हुनु जरूरी भएको बताउनुभयो । सभापतिको आशनबाट धनुषा जिल्लाका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले प्रदेश नं २ का जनप्रतिनिधिसामु गहन जिम्मेवारी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

मधेश प्रदेशमा ‘बालेन लहर’ को प्रभाव: रास्वपाको मजबुत प्रदर्शन, एक्जिट पोलले आधा सिट जित्ने संकेत

सर्लाही–४ मा मतदान सुरु भएकै केही समयमा हुलदङ्गा: बसबरियाको जनता माविमा तनाव, मतदान केहीबेर अवरुद्ध

रास्वपा बारामा आन्तरिक संकट: संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा

बारामा चुनावी ताप : चार क्षेत्रमा घरदैलो दौडधुप, पुरानै दलको वर्चस्व !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com