ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेसी तारिख अटोमेसन शुभारम्भसँगै प्रधानन्यायाधीश श्रेष्ठले भने– न्यायिक सुशासनको सुरुवात भयो


एबीसी न्यूज

काठमाडौं, ११ भदौ, । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा न्यायिक सुशासनको सुरुवात भएको बताएका छन् ।

आजदेखि सर्वोच्च अदालतमा सुरु भएको पेसी तारिख अटोमेसनको शुभारम्भपछि सञ्चारकर्मीसँग दिएको प्रतिक्रियामा प्रधानन्यायाधीश श्रेष्ठले न्यायिक सुशासन प्रारम्भ भएको बताए ।

पेसी तारेख अटोमेसनको शुभारम्भपछि प्रधान्यायाधीश श्रेष्ठले भने, “न्यायिक सुशासनका लागि राम्रो सुरुवात भएको मैले महसुस गरेको छु ।”

उनले अटोमेसनले कर्मचारी र न्यायाधीशमा पनि आत्मविशवास बढाउने विश्वास व्यक्त गरे ।

“पेसी व्यवस्थापनको कडी हो यो । तारिक समन्वयबाट सुरुवात गर्‍यौं हामीले,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “हाम्रा कर्मचारीहरूले उच्च मनोबल राखेर निर्धक्कसँग काम गर्न यसले सहयोग गर्छ भन्ने मलाई अनुभूति भएको छ ।”

पेसी तारिख अटोमेसन सञ्चालनका लागि काम गरेका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीसहित आइटी टिममा बसेर काम गरेकाहरूलाई प्रधानन्यायाधीश श्रेष्ठले धन्यवाद दिए ।

उनले सर्वोच्चको आफ्नो जनशक्तिबाटै सफ्वेर निर्माण भएको भन्दै भोलिका दिनमा कुनै समस्या आएमा समाधान हुने बताए ।

पेसी तारिख व्यवस्थापनसँगै कर्मचारीले आफू निकटका लागि अनुकूलमा अगाडिरपछाडि पेसी सारिदिने र कर्मचारी प्रशासनमा पहुँच नहुनेहरूलाई प्रतिकूल हुने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । अब सेवाग्राहीले ल्याएको रिट निवेदन÷पुनरावेदन निवेदनसहितका मुद्दामा दर्तासँगै स्वतः पेसीरतारिखको मिति पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com