ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपा-फोरम नेपाल बैठक बिना निष्कर्ष टुङगियो


admin

काठमाडौं, २३ माघ । प्रदेश नम्बर २ मा आलोपालो सरकार चलाउने प्रस्ताव राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संघीय समाजवादी फोरम नेपाल समक्ष राखेको छ।

प्रदेशसभामा दुवै दलको हैसियत केही सिटले मात्र तल(माथि रहेकाले प्रदेश सरकारको नेतृत्व समेत आलोपालो रुपमा गर्ने प्रस्ताव राजपा अध्यक्ष मण्डलका नेताहरुले राखेका छन्।

तर फोरम अध्यक्ष उपेन्द्र यादवले आलोपालो सरकार गठन गर्ने राजपाको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् । चुनाव अगाडि भएको सहमति अनुसार पहिलो बन्ने दलले मुख्यमन्त्री र दोस्रो दलले सभामुख लगायतको पद बाँडफाँट गर्नुपर्ने धारणा यादवले राखेका छन्।

‘यसअघि नै आलोपालोको प्रस्तावमा मैले नाइँ भनिसकेको छु, सरकारको नेतृत्व बाँडफाँट गर्ने विषयमा सहमति हुन सक्दैन’, यादवले भने।

राजपाले पार्टीभित्र छलफल गरेर अघि बढ्ने प्रस्ताव गरेपछि जनकपुरमा मंगलबार बसेको दुई दलको बैठक बिना निष्कर्ष टुङगिएको छ।

निर्वाचन भएको झन्डै दुई महिनापछि दुई दल प्रदेश नम्बर २ को सरकार गठनमा औपचारिक छलफलमा जुटेका हुन्।

सरकार गठनका लागि राजपाले यसअघि राख्दै आएको छलफलको प्रस्तावलाई फोरमले टार्दै आएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एमालेद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता

कोलहवामै विद्यालय खोल्ने सपना

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री यादव

बारा–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरू

बारा–२ मा बिहान १० बजेदेखि मतगणना हुने

बारा २ उपनिर्वाचन : सर्वदलीय बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com