ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली भनेर सीआईबीले समातेका डाक्टर रञ्जित रिहा


एबीसी न्यूज

काठमाडौं, २९ साउन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले नक्कली डाक्टर भन्दै पक्राउ गरेका डा। रञ्जितकुमार यादवलाई रिहा गरेको छ।

उनी सक्कली डाक्टर भएको पुष्टि भएपछि सीआईबीले आइतबार राति जिम्मा जमानीमा उनलाई छाडेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

लिखतसम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा महोत्तरी, पिपरा(८ बस्ने विश्वनाथ यादवका छोरा ३२ वर्षीय रञ्जितकुमार यादवलाई यही साउन २५ गते पक्राउ गरिएको थियो।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको लोकन्थलीबाट पक्राउ गरेर उनलाई हिरासतमा राख्न २६ गते ५ दिन म्याद थप गरेको थियो।

त्यसपछि ब्युरोको हिरासतमा राखी अनुसन्धान भइरहेकामा नेपाल मेडिकल काउन्सिल, बाँसबारी, काठमाडौंले च नं १२३र२०८०र०८१ ९प्र० मिति २०८० साउन २८ गते पत्र पठाउँदै उनी नक्कली डाक्टर नभएको पुष्टि गरेको हो।

“यस काउन्सिलबाट मिति २०७८र०८र२८ गते थप कागज पत्र च नं ४०२र०७८र०७९ ९प्र० मार्फत देवेन्द्र यादवका छोरा रञ्जितकुमार यादवको प्रमाणपत्रहरुको प्रतिलिपि माग हुँदा यस काउन्सिलमा दर्ता भएका चिकित्सक रञ्जितकुमार यादव, विश्वनाथ यादवको छोराको दर्ता प्रमाणपत्र र आवेदन फारम भूलवस संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको जानकारी गराउँदछु” भन्ने समेत बेहोराको पत्र प्राप्त भएको सीआईबीले जनाएको छ।

उक्त पत्र आएपछि डाक्टर रञ्जितकुमार यादव वास्तविक प्रतिवादी नभएको एकिन भएको र राति नै छाडिएको एसपी अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com