ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाद्वारा चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्धको घोषणा


एबीसी न्यूज

काठमाडौँ :  अमेरिकी राष्ट्रपति जो बाइडेनले यो साता एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिप लगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्ने सहितका थप प्रतिबन्धको घोषणा गरेका छन् ।

यो आदेशले अमेरिकी ट्रेजरी मन्त्रीलाई चिनियाँ सेमीकन्डक्टर चिप, माइक्रोइलेक्ट्रोनिक्स, क्वान्टम कम्प्युटिङ प्रविधि र केही आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जस्ता क्षेत्रमा हुने अमेरिकी लगानीमाथि प्रतिबन्ध लगाउने वा नियन्त्रण गर्नसक्ने अधिकार प्रदान गरेको छ ।

प्रतिबन्ध नलागेका कतिपय चिनियाँ प्रविधि क्षेत्रमा लगानी गर्दा अमेरिकी सरकारलाई स्पष्ट जानकारी गराउनुपर्ने व्यवस्था पनि आदेशमा उल्लेख छ । बाइडेन प्रशासनले यो आदेश विशेषगरी तीनवटा संवेदनशील क्षेत्रतर्फ मात्रै लक्षित रहेको स्पष्ट पारेको छ । चीनले आफ्नो सैन्य प्रविधिको अत्याधुनिकीकरण गरेर अमेरिकी राष्ट्रिय सुरक्षालाई कमजोर बनाउन गरेको प्रयत्नमा अमेरिकी पुँजी र विज्ञताले सघाउन सक्ने आँकलन गर्दै सो कार्य रोक्नका लागि यस्तो आदेश जारी गर्नुपरेको अमेरिकी अधिकारीहरूको दाबी छ । यो आदेशले तोकिएका क्षेत्रमा हुने निजी, साझेदारी, भेन्चर पुँजी तथा ग्रीनफिल्ड लगानी समेतलाई प्रभावित गर्नेछ ।

यसअघि अमेरिकी संसदलाई लेखेको एक पत्रमा बाइडेनले सैन्य, जासुसी, निगरानी तथा साइबरमा आधारित संवेदनशील प्रविधि र उत्पादनहरूमा चीनजस्ता देशहरूको उन्नतीले ल्याउनसक्ने जोखिमको सामना गर्न एक राष्ट्रिय संकटकालको घोषणा गर्ने उल्लेख गरेका थिए । एक उच्च अमेरिकी अधिकारीलाई उदृत गर्दै लेखिएका विभिन्न समाचारहरूमा यो कदम आर्थिक वा वित्ती भन्दा पनि राष्ट्रिय सुरक्षाको दृष्‍टिकोणबाट आएको र चीनसँगको व्यापार यथावत राख्दै सैन्य प्रविधि लगायत अति संवेदनशील केही क्षेत्रमा मात्रै प्रतिबन्ध वा निगरानीको व्यवस्था गर्न खोजेको दाबी गरेका छन् ।

डेमोक्र्याटिक पार्टीका नेता चक सुमरले अमेरिकी सरकारको पछिल्लो कदमको प्रसंशा गरेका छन् । विकसित शैन्य प्रविधिहरूमा समेत सेमिकन्डक्टर चिपहरू प्रयोग हुने भएकाले लामो समयदेखि अमेरिकी लगानीले नै चिनियाँ शैन्य शक्तीको विकासमा सघाइरहेको र अहिलेको कदमले त्यसो हुन नदिने सुमरले उल्लेख गरेका छन् । चीनले भने कम्प्युटर चिप्स र अन्य संवेदनशील प्रविधिमा लगानी प्रतिबन्ध लगाउने अमेरिकी कमदको बारेमा ‘गम्भिर चिन्ता’ प्रकट गरेको छ । चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा वासिङ्टनले ‘विश्व अर्थतन्त्र र व्यापार साझेदारी तथा सयोगमा बाधा पुर्‍याएको’ र ‘विश्व अर्थतन्त्रको पुनरुत्थानको लागि अवरोध’ खडा गरेको आरोप लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com