ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस सांसदहरुले भने- ‘सुन तस्करीबारे बोल्दा सुनिल शर्माप्रति सरकारले प्रतिशोध साँध्यो’


एबीसी न्यूज

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउ गरेको विषय प्रवेश गरेको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका छन् ।

कांग्रेस सांसदहरूले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरूकै संलग्नता रहेको आशंका पैदा भइरहेकोमा घटनाक्रमले त्यसलाई थप पुष्टि गरिरहेको समेत बताएका छन् ।

सांसद प्रदीप पौडेलले दलको बैठकमा सांसद शर्मालाई पक्राउ गरिएको विषयले प्रवेश पाएको बताए । ‘सुनिल शर्माजीको विषयमा अहिले हामी पनि खोजी गरिरहेका छौँ । जुन आरोप लगाइएको छ, त्यो आधारमा यो ढंगले पक्राउ गर्नुपर्ने हो कि होइन रु उहाँले त सुन तस्करीका विषयमा कुरा उठाइरहनुभएको थियो, कतै त्यही कुरालाई प्रतिशोध राखेर तर्साउने प्रयास भएको त होइन भन्ने प्रश्न उठेको छ,’ उनले भने, ‘बैठकमा यसबारे छलफल भएको छ ।’

शुक्रबारको बैठकमा त्यसबारे छलफल भए पनि निर्णय भने भएको छैन । बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

सांसद पौडेलले सरकारले असल नियतले भ्रष्टाचारको फाइल खोल्दा त्यसमा सबै दलको समर्थन हुनुपर्ने बताए । ‘भ्रष्टाचारका फाइलहरू इमान्दारीपूर्वक खोलिएको हो भने त्यसमा सबैको साथ सहयोग हुनुपर्छ । तर अमुक पार्टीको मान्छे पर्‍यो भने कारबाही गर्ने, तर आफ्नो पार्टीको पर्‍यो भने कारबाही नगर्ने भन्ने भयो भने असहज हुनसक्छ,’ उनले अघि भने, ‘अहिले विभिन्न प्रकरणमा ज–जसको नामहरू आइरहेको छ, ती मान्छेलाई किन छानबिनको दायरामा ल्याउने कोसिस भइरहेको छैन रु र अर्को दलको मान्छे पर्दा त्यहाँ सरकार कसरी प्रस्तुत भइरहेको छ रु भन्ने कुराले आशंका पैदा गर्छ ।’ उनले सबै भ्रष्टाचारका काण्डहरूको छानबिन हुनपर्ने तर सरकारले निष्पक्षता कायम राखेर छानबिन गर्न सक्नुपर्ने बताए ।

बैठकमा संसद् सञ्चालनका विषयमा समेत छलफल भएको छ । सांसद पौडेलले संसद् सत्तापक्ष र प्रतिपक्षको असमझदारीको बन्धक बनेको बताए । ‘आम नागरिकका बीचमा संसद्को गरिमा र मर्यादा कायम भएको छैन । यहाँ जुँगाको लडाइँ चलिरहेको छ,’ उनले भने, ‘यसले संसद्को समय बर्बादमात्रै भइरहेको छ । देशमा यत्रा महामारी फैलिएका छन् । अर्कोतिर विपद्को चपेटा छ । यस्तो बेला नागरिकको सरोकारको विषयमा छलफल गर्नुको सट्टा संसद्लाई बन्धक बनाएर राख्नु राम्रो होइन ।’

उनले कांग्रेस सुन तस्करीका विषयमा समेत छानबिन हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘सुन तस्करीको विषयमा छानबिन हुनुपर्छ । यसबारे गम्भीर भएर छानबिन हुनुपर्छ, दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । तर त्यहीकारण संसद्लाई बन्धक बनाइराख्न मिल्दैन,’ पौडेलले भने, ‘अहिले कुरा नमिलेको छानविन कसरी गर्ने भन्ने विषयमा मात्रै हो । प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भनिरहेको छ, हामी सरकारका अंगहरूले नै छानबिन गरेर निष्कर्षमा पुग्न सकिन्छ कि भनिरहेका छौँ ।’ उनले सांसदहरूकै संलग्नतामा अलग्गै समिति बनाउनुभन्दा संसद्मा पहिल्यैदेखि रहेका संसदीय समितिहरूमाार्फत छानबिन अघि बढाउनुपर्ने बताए ।

अर्का सांसद अर्जुननरसिंह केसीले सुन तस्करीको छानबिनलाई डाइभर्ट गर्न सरकारले त्यसबारे आवाज उठाइरहेका सांसद शर्मालाई पक्राउ गरेको आरोप लगाए । ‘सुनिल शर्माले कति गलत गरेका हुन् रु त्यो अनुसन्धान भएर कारबाही गर्नुपर्ने, नपर्ने छुट्याउने दायित्व पनि सरकारकै हो । तर उहाँ सुन तस्करीका विषयमा सरकारप्रति औंला उठाइरहेका व्यक्ति हुन्, यसकारण अहिले जुन ढंगले उहाँलाई पक्राउ गरियो, यो प्रतिशोध साँधेर गरेर गरिएको हो भन्ने प्रस्ट छ,’ उनले भने, ‘यसले सुन तस्करीलाई रापसाफ पार्नका लागि, यसलाई डाइभर्ट गरेर अर्कोतिर लैजानका लागि गरिएको हो कि भनेर आशंका पैदा भएको छ ।’

उनले प्रतिपक्षको मागलाई नसुनेर संसद्लाई अवरोध पारिराख्नुभन्दा उच्चस्तरीय छानबिन समिति बनाएर सुन तस्करीको जरोसम्म पुग्नुपर्ने बताए । ‘मैले त यदि यो प्रकरणलाई नामेट पार्ने हो भने उच्चस्तरीय न्यायिक छानबिन आयोग नै गठन गरौँ भन्ने प्रस्ताव गरेको छु । त्यसमा सर्वोच्च अदालतका पूर्वन्यायधीशहरूको संलग्नतामा बनाउन सकिन्छ,’ उनले भने, ‘यो सत्तापक्ष वा प्रतिपक्षको विषय होइन । हामीकहाँ यस्तो लुटेर खाने कुरामा सत्तापक्ष, प्रतिपक्ष भनेर दुरी बनाएर बस्ने चलन नै छैन, खानेबेला सबै मिलिहाल्छन् । हिजो ३३ केजी सुनकाण्ड आयो, १ केजी सुन फेला परेन । अहिले १०० केजी समाइएको छ, तर यसको जरोसम्म पुग्ने कुरालाई डाइभर्ट गर्न खोजिन्छ भने त्यो मान्य हुँदैन ।’

उनले सुन तस्करीका विषयमा मन्त्रीहरूको कनेक्सनबारे बोल्दा शर्मालाई समातिएको दाबी गरे । ‘यो २७ वर्षपछि मुद्दा उठाउनुपर्ने सान्दर्भिकता कहाँबाट आयो रु उहाँ कति दोषी हो रु कारबाही गर्नुपर्ने अवस्था हो कि होइन रु त्यो पनि अनुसन्धानकै कुरा हो । तर अहिले उहाँलाई प्रतिशोधात्मक ढंगले यो काम भएको छ,’ उनले भने ।

संसदीय दलको बैठक आइतबार फेरि बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com