काठमाडौ साउन २६ । सिन्धुपाल्चोकको खाडीचौरमा गुडिरहेको एउटा यात्रुवाहक बस पसलमा ठोक्किएको छ। दोलखाबाट काठमाडौं आउँदै गरेको अरनिको यातायातको बा ४ ख १९३३ नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित भई पसलमा ठोक्किन पुगेको लामोसाँघु प्रहरी चौकीका इन्चार्ज असई अनिश केसीले जानकारी दिए
। बस ठोक्किँदा दुई वटा पसलमा क्षति पुगेको उनले बताए।शुक्रबार बिहान ११ बजेतिर भएको दुर्घटनाबाट ९ यात्रु घाइते भएका छन्। घाइते हुनेमा एक जना बालक पनि छन्।उनीहरूको सदाबहार अस्पताल र खाडीचौरकै मेडिकलमा उपचार भइरहेको छ।घटनाको अनुसन्धान पनि भइरहेको असई केसीले बताए।








प्रतिक्रिया दिनुहोस्