काठमाडौ साउन २६ । अवैधानिक माध्यमबाट अमेरिका पुर्याइएका नेपाली काष्ठकलाका सामग्री फिर्ता भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो ।वाशिङ्गटन डिसीमा रहेको नेपाली नियोगका अनुसार अवैधरूपमा सन् २०१० मा अमेरिकाको हवाई राज्यमा पुर्याएका ती सामग्री भन्सार तथा बोर्डर प्रोक्टेक्सन ९सीबीपी० ले बरामद गरेको हो ।
यो सामग्री गएको मे महिनाको ११ तारिखमा नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो । सन् २०२२ को अप्रिलदेखि अहिलेसम्म नेपालबाट अवैधानिक माध्यमबाट अमेरिका पुर्याइएका ४७ सामग्री नेपाल फिर्ता भइसकेको छ ।








प्रतिक्रिया दिनुहोस्