ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको हवाईमा भिषण आगलागीका कारण आपतकाल, कम्तीमा ३६ जनाको निधन


एबीसी न्यूज
श्रावण २५, २०८० बिहीबार  ४ : ५६ बजे

काठमाडौं २५ साउन। संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउ टापुमा भएको भिषण आगलागीमा कम्तीमा ३६ जनाको मृत्यु भएको बताइएको छ । भिषण आगलागी जारी रहँदा राज्यले मंगलबार आपतकालीन अवस्था घोषणा गरेको छ ।

हावाले डढेलो फैलाउन इन्धनजस्तो काम गरिरहेको बताइएको छ । डढेलो लागेको क्षेत्रबाट अधिकारीहरूले ११ हजार मानिसहरुलाई स्थानान्तरण गरेको बताएका छन् ।

टापुको लाहाइना क्षेत्र सम्भवतः सबैभन्दा बढी प्रभावित क्षेत्र भएको र त्यहाँ अधिकारीहरूले आगो नियन्त्रण गर्न संघर्ष गरिरहेको बताइएको छ ।

आगलागीबाट २७१ भन्दा बढी संरचना क्षतिग्रस्त र ध्वस्त भएको बताइएको छ । हवाईकी कार्यवाहक गभर्नर सिल्भिया लुकले आगलागीबाट रिकभर हुन लामो समय लाग्ने बताएकी छन् ।

आगो निभाउन सैन्य प्रतिक्रियाको नेतृत्व गरिरहेका मेजर जनरल केनेथ हाराले अग्नि नियन्त्रकहरूले हालसम्म एक लाख ५० हजार ग्यालन भन्दा बढी पानी प्रयोग गरिसकेको बताएका छन् ।

आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको तर १३६ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहँदा उद्धार कार्य चूनौतीपूर्ण रहेको उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

सुटुक्क सर्वोच्च पुगे बालेन, अवहेलना मुद्दामा चैत १२ को तारिख

सम्बन्धित

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

गण्डकीसहित २ प्रदेशमा आज राति वर्षा र हिमपात हुने

सुनको मूल्य तोलामा तीन हजारले घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com