काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले पक्राउ गरेकोबारे सभामुख देवराज घिमिरेले अनभिज्ञता पकट गरेका छन्।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सांसद शर्मा पक्राउ परेको विषयमा कुनै जानकारी नआएको बताए। ‘सांसद शर्मा पक्राउबारे इन्क्वायरी गरिरहनुभएको छ’, उनले भने, ‘तर अहिलेसम्म शर्मा पक्राउबारे सभामुखज्यूलाई जानकारी छैन।’
कांग्रेस सांसद सुनिल शर्मा पक्राउ
मोरङ क्षेत्र नम्बर ३ बाट २०७९ मंसिर ४ को निर्वाचनमा विजयी शर्मा कांग्रेसमा नेता डा। शेखर कोइरालानिकट मानिन्छन्।
साउन ३ गते बरामद सय केजी सुन प्रकरणमा उनले अर्थमन्त्री डा। प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै आएका थिए।








प्रतिक्रिया दिनुहोस्