ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौर घटनाका पीडितसँग सरकारको सहमतिले झस्कियो जसपा, सत्ता सहकार्य नै टुंगिनसक्ने !


एबीसी न्यूज

काठमाडौं, २४ साउन । गौर घटनाको विषयमा सरकार र पीडितबीचको सहमतिलाई लिएर जनता समाजवादी पार्टी असन्तुष्ट बनेको छ । मंगलबार सरकार र पीडित पक्षबीच पाँचबुँदे सहमति भएपछि जसपाले सत्ता सहकार्यकै विषयमा छलफल थालेको छ ।

जसपाले सरकार र पीडितबीच भएको सहमतिलाई जसपाविरुद्धको षड्यन्त्रको रूपमा अथ्र्याएको छ । उसले सत्ता सहकार्यसहितका विषयमा निर्णयमा पुग्न आवश्यक भन्दै छलफल सुरु गरेको हो ।

जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले आफूहरुविरुद्ध षड्यन्त्र भएको बताए । उनले बैठक बसेर आधिकारिक धारणा बाहिर ल्याउने पार्टीको तयारी रहेको जानकारी दिए ।

“पार्टीले यसलाई गम्भीर रुपमा लिएको छ । यो सामान्य र हल्का रुपले लिने कुरा भएन । पार्टीले बैठक बसेर औपचारिक धारणा ल्याउँछ, कसरी अघि बढ्ने भनेर,” यादवले बाह्रखरीसँग भने, “हिजोको सम्झौता सामान्य होइन । यसमा हामीविरुद्ध षड्यन्त्र भएको छ ।”

सरकार छाड्ने हो भन्ने प्रश्नमा उनले बैठकपछि मात्र बोल्न सकिने जानकारी दिए । बैठक बस्ने टुंगो नभएको भन्दै उनले जतिबेला जहाँ पनि बस्न सक्ने बताए । यता, अध्यक्ष उपेन्द्र यादवले सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमतिको विषयमा टेलिफोन गरिसकेका छन् ।

२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित सुगर मिल्स मैदानमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा ९माओवादी०बीच झडप हुँदा २७ माओवादी कार्यकर्ता मारिएका थिए । आमसभाको कार्यक्रम एकैदिन एकै स्थानमा तोकिएपछि दुई पार्टीबिच झडप भएको थियो ।

गौर घटना भनेर चिनिने उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको प्रकृया अहिलेसम्म अघि बढाइएको छैन । त्यसबेला किटानीसहित दिइएका जाहेरीमा समेत सुनुवाइ नभएपछि पीडितहरु आन्दोलित थिए । घटनाको १७ वर्षपछि गृह मन्त्रालयले पीडितहरूसँग पाँचबुँदे सम्झौता गरी त्यसबेलाका जाहेरीसहित घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति गरेपछि जसपा बिचलित भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com