ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुर पहिरोमा बेपत्ता ५ जनामध्ये बाबु–छोरी मृत भेटिए, अझै ३ व्यक्तिको अवस्था अज्ञात


एबीसी न्यूज

काठमाडौं, २४ साउन । मकवानपुर बागमती ५ सिक्रे दोभानमा पहिरोसँगै बगेर बेपत्ता ५ जनामध्ये बाबु(छोरी मृत भेटिएका छन्।

प्रहरी चौकी भोर्लेनी का अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरी मृत अवस्थामा फेला परेका हुन्।

उनीहरूको शव घर बगाएको ठाउँबाट १० किलोमिटर दक्षिण बागमती नदीको बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय ९मकवानपुर० ले जनाएको छ।

बेपत्ता ६ जनामध्ये एकजनाको भने मंगलबार उद्धार गरिएको छ। उनको उपचार जारी छ भने अझै ३ जना पत्ता लाग्न सकेका छैनन्।

उनीहरूको सोमबार रातिदेखि परेको पानीले घरमाथिबाट पहिरो खस्दा अक्कलबहादुरको घर पहिरोसँगै बागमती नदीमा खसेको थियो। उनको घर बागमती किनारमै थियो।

सो पहिरोसँगै बगेका ७ जनामध्ये अक्क्लबहादुरकी श्रीमती शान्ताकुमारी स्याङ्तान मंगलबार बिहान घाइते अवस्थामा फेला परेकी थिइन्। तर उपचारका क्रममा उनको मृत्यु भयो।

यस्तै सिन्धुली हरिहरपुरगढी गाउँपालिका १ कोकटीका १७ वर्षीय पासाङ घिसिङलाई पनि हिजो साँझ घाइते अवस्थामा उद्धार गरिएको हो। उनको अहिले हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

हराइरहेका तीनजनाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोली खटिएको छ।

काभ्रेस्थित घरबाट केही दिनअघि परिवारका साथमा ससुराली मकवानपुर आएका २५ वर्षीय जीवन पहरी, उनका ४ वर्षीय छोरा मिलन पहरी र डेढ वर्षीया छोरी दिव्या पहरी अझै बेपत्ता छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com