ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीमा दलितलाई जातीय विभेद र कुटपिट गरेको आरोपमा वडाध्यक्षविरुद्ध जाहेरी


एबीसी न्यूज

काठमाडौं २३ साउन । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष श्याम थापासहित स्थानीय तीन व्यक्तिविरुद्ध जातीय विभेद र छुवाछूत आरोपमा प्रहरी कार्यालयमा जाहेरी परेको छ।

स्थानीय ६५ वर्षीय जनकबहादुर विक, ४५ वर्षीया सुमित्रा विक र २३ वर्षीय रवि विकले जातीय भेदभाव र छुवाछूत कसुरअन्तर्गत वडाध्यक्ष ६५ वर्षीय श्याम थापा, उनका छोरा ३२ वर्षीय हिमाल थापा र स्थानीय ३८ वर्षीय राजेन्द्र खड्काविरुद्ध आज मंगलबार बयलबासस्थित इलाका प्रहरी कार्यालयमा संयुक्त रूपमा जाहेरी दिएका हुन्।

जाहेरीअनुसार घटना गत असार १७ गतेको हो। त्यस दिन साँझ वडाध्यक्ष श्याम थापाका छोरा हिमाल रक्सीले मातेर घरमै आई स्थानीय वृद्ध जनक विकलाई एक्कासि जातीय रूपमा होच्याउने गाली गर्दै कुटपिट गरेको आरोप लगाइएको छ। त्यस क्रममा घटनास्थल पुगेका जनकका भतिज रवि र भाइबुहारी सुमित्रालाई समेत हिमाललगायत उनले बोलाएका गैरदलित समुदायका व्यक्तिहरूले लछारपछार पार्दै कुटेको आरोप जाहेरीमा लगाइएको छ।

जाहेरीमा अगाडि लेखिएको छ, ‘ झडपमा रमा खड्का तथा रेखा खड्काले यी चौरीका कमिनी, डंकिनी, डुम्नीहरू धेरै चढिएका छन्, ठीक लगाउनुपर्छ भन्दै आक्रमण गरेको र पछि झडप साम्य गर्न लाग्दा राजेन्द्र खड्काले निवेदन सुमित्रा विकलाई टिपेर पछारेको र ऐ ऐ बस्ने अनिता कार्कीसमेतले लाठी प्रहार गरी हामी जाहेरवालातर्फको सुमित्रा विश्वकर्मासहित चाररपाँच जना सख्त घाइते हुनुभयो।।।।’

यसपछि इलाका प्रहरी कार्यालय ९बयलबास० मा दुवै पक्षलाई राखेर गरिएको छलफलमा पनि वडाध्यक्षका छोरा हिमाल थापाले गल्ती महसुस गर्नुको साटो प्रहरीकै सामुन्ने जातीय अपमानजनक शब्द प्रयोग गरी उल्टै धम्क्याउँदै छलफलस्थलबाट हिँडेको आरोप पीडित दलितहरूले लगाएका छन्।

जाहेरीमा भनिएको छ, ‘प्रहरी कर्मचारीहरूको सामुन्ने नै निज हिमाल थापाले पुनः जातीय विभेद हुनेगरी ‘यी दमाई कामीहरूलाई त जुत्ताको तल धुलो बनाएर राख्नुपर्छ, अब यिनीहरूलाई कसरी ठीक लगाउने हो, मैले जानेको छु’ भन्दै वडाध्यक्षको छोरा हुँ भन्ने पदीय र जातीय दम्भ देखाउँदै आफूले गरेको गल्तीको कुनै किसिमको क्षमायाचना नै नगरी छलफलको कुनै टुंगोमा नै नपुगी छलफल स्थलबाट हिँड्नुभयो।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com