काठमाडौं २३ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल सुुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि बयान लिनुपर्ने बताएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले गृहमन्त्रीमाथि कसले छानबिन गर्ने भन्दै प्रश्न गरेका हुन्।
‘म गृहमन्त्रीजीलाई भन्न चाहन्छु, तपार्ईको पोलिटिकल कमिसार को छरु फिल्ड कमिसार को छरु तपाईंको आदेश फिल्ड कमिसारले मानेको छैन कि सूचना भेरिफाइ गर्नुभएको छैनरु गृहमन्त्रीजीसँग पनि बयान कसले लिन्छरु सीआईबीले लिन्छरु,’ भट्टराईले भने, ‘राजस्व अनुसन्धानले लिन्छरु अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयमाथि पनि हाम्रो प्रश्न छ। राष्ट्रिय अनुसन्धान विभागमाथि हाम्रो प्रश्न छ। यत्रा निकाय विमानस्थलमा हुँदा कहाँ सुतेका थिएरु’
साथै, उनले सीआईबीले ३ महिनाअघि नै छानबिन गरेर प्रस्तुत गरेको रिपोर्टको फाइल अघि नबढेकोमा आपत्ति जनाए।
‘म प्रश्न गर्न चाहन्छु, सीआईबीले ३ महिनाअघि छानबिन गरेर रिपोर्ट बुझाएको फाइल आज गृहमन्त्रीजीको टेबुलमा छ र त्यो अगाडि बढ्दैन भने आज राजस्व अनुसन्धान विभागले २० दिन छानबिन गरेर सीआईबीलाई फाइल बुझाएको छ। त्यो बीचमा के खेल भयो’ उनले भने।








प्रतिक्रिया दिनुहोस्