काठमाडौं २३ साउन । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार घटेको छ । सोमबार सामान्य अंकले घेटेको नेप्से आज २८।४० अंकले घटेर २०१९।८५ को विन्दुमा झरेको छ ।
आज कारोबार रकम पनि घटेको छ । आज २६५ धितोपत्रको ४८ लाख ६० हजार ७४१ किक्ता सेयर एक अर्ब ७३ करोड ७० लाख १४ लाख ४९९ रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँको कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स पनि १।२४ प्रतिशतले घटेर ३८५।५६ को विन्दुमा झरेको छ ।
यसदिन १३ वटा उपसमूहको समूहगत सूचक घटेको छ । सबैभन्दा धेरै ट्रेडिङ समूहका लगानीकर्ता सर्वाधिक गुमाएका छन् । उक्त उपसमूहको समूहगत सूचक २।७० प्रतिशतले घटेको छ ।
आज स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशत र नेपाल रिपब्लिक मिडियाको ९।९७ प्रतिशतले बढको छ । १०।२५ प्रतिशत ग्लोबल आईएमई बैंक लि डिभेन्चर २०८०र८१ को सेयर मूल्य सर्वाधिक नौ प्रतिशतले घटेको छ ।








प्रतिक्रिया दिनुहोस्