ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा


एबीसी न्यूज

काठमाडौं २३ साउन ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताउनुभएको छ । विश्व सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा काठमाडौँमा आयोजित तीन दिने दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको आज उद्घाटन गर्दै उहाँले आमसञ्चार ऐन मन्त्रालयले तयार गरेको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिनुभयो ।
मन्त्री शर्माले भन्नुभयो, “आमसञ्चार ऐन तयार छ । यो ऐन आएपछि रेडियोलगायत सञ्चार माध्यमको समस्या समाधान हुने छ भन्ने विश्वास छ ।” लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषय भएको उल्लेख गर्दै उहाँले नेपालमा मात्र नभइ संसारभर नै सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
“लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषयवस्तु हुन् । जहाँ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ, त्यहाँ लोकतन्त्र रहन्छ । त्यसकारण अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो”, मन्त्री शर्माले भन्नुभयो । विगतमा देशमा प्रजातन्त्र स्थापनाका लागि भएका सबै ठूलाठूला आन्दोलनलाई सफलतामा पु¥याउनका निम्ति पनि रेडियोको ठूलो भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो ।
सामुदायिक रेडियोका जटिल समस्या, केही नीतिगत र कानुनी सुधारका पाटा  रहेका र तिनको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो ।
“आजको दिनमा मुलुकको अर्थतन्त्रलगायतमा आएको समस्याले गर्दा रेडियोलगायत सञ्चारमाध्यमको समस्या रहेको छ”, उहाँले भन्नुभयो, “समयमै नवीकरण र नवीकरण सहज बनाउन लाग्नुपर्ने अवस्था छ । नवीकरण शुल्क र जरिमाना शुल्क यो पटकलाई मिनाह गर्नका लागि अर्थमन्त्रालयमा पठाएका छौँ, अर्को वर्षदेखि यसलाई नीतिगत रुपमै व्यवस्था गरिनेछ ।”
सम्मेलनका दौरानमा दक्षिण एशियाली मुलुकका असल अभ्यास र नीतिको एकअर्काबीच आदानप्रदान गर्नसके सम्मेलन फलदायी हुने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो । रेडियो विगतदेखिनै जनतालाई सूचनाको भरपर्दो साधनको रुपमा विकास भइरहेको तथा कुना कन्दरामा पत्रपत्रिका र इन्टरनेट नपुगेको स्थानमा रेडियोनै सूचनाको मुख्य माध्यम बनेको उहाँले उल्लेख गर्नुभयो । सम्मेलनले आपसी सद्भाव अभिवृद्धिमासमेत भूमिका खेल्ने बताउदै उहाँले यसले दक्षिण एशियाका सरकारदेखि जनतालाई जोड्ने काम गर्नुका साथै अन्तरदेशीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने मन्त्री शर्माले बताउनुभयो ।
सम्मेलनले दक्षिण एशियाको नीति सुधार्नुपर्ने विषयलाई आदानप्रदान गर्न सहज हुने उहाँको भनाइ थियो ।
विश्व सामुदायिक रेडियो प्रसारक सङ्घको एशिया प्रसान्त क्षेत्रीय अध्यक्ष रामनाथ भाटले सामुदायिक रेडियो प्रसारकको एकअर्काबीच ज्ञान आदानप्रदानका साथै आगामी रणनीतिक साझेदारिताबारे सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनले दक्षिण एशियाली सामुदायिक रेडियोको साझा समस्याको पहिचान नीतिगत सुधार र आगामी रणनीति तय गर्न उपयोगी हुने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com