काठमाडौं, २३ साउन । सहायक नदीहरुमा उर्लिएको बाढी मिसिँदै टेकु दोभानमा पुग्दा बागमती बस्तीसम्म पसेको छ।
टेकु दोभानमा पुगेपछि बागमतीको बाढीले दुवै किनारका केही बस्तीका घरहरु पनि डुबाएको हो।
बागमती करिडोर डुबाउँदै बाढी बस्तीसम्म पुगेको हो। बागमतीको बाढीले सडक किनारका पार्क र उद्यानहरु डुबाएको छ।
करिडोर क्षेत्रमा रहेका गाडीसमेत बाढीमा परेका छन्। बाढीले अहिलेसम्म मानवीय क्षति भएको जानकारी आएको छैन।








प्रतिक्रिया दिनुहोस्