काठमाडौ साउन २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा देखिएको गतिरोध हटाउन सभामुख र शीर्ष नेतासँग छलफल गरेका छन । उनको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताको छलफल जारी छ । बैठकमा प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतक उपस्थित छन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन बाहिरिएको सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण सदनको नियमित कामकारबाही हुन पाएको छैन । सदनको अवरोध नहट्दा महत्वपूर्ण विधेयक पेस हुन सकेका छैनन् ।
–––








प्रतिक्रिया दिनुहोस्