ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डका दाहिने हात मानिने, दिपशिखा, सरल सहयात्री र रहबर अन्सारीले बैठकमा के भने ?


ABC NEWS

काठमाडौं २१ साउन । नेकपा माओवादी केन्द्रको चौथो बैठक गत ४ दिनदेखि जारी छ । ४ दिनमा दुई सय बडी केन्द्रीय सदस्य बोलिसकेका छन् । बैठक भन्दा पहिले प्रत्यक्ष प्रसारण गर्ने भनिएकोमा प्रचण्डकै दाहिने हात मानिने युवाहरु रामप्रसाद सापकोटा, सरल सहयात्री लगायतले विरोध गरेपछि प्रचण्ड पछि हटेका थिए । तर प्रचण्डलाई अहिले पनि थकथक लागेको छ वैठक प्रत्यक्ष प्रसार गर्न नपाएकोमा ।
शनिबारको बैठकमा पार्टीका उपमहासचिवद्धय बर्षमान पुन र जनार्दन शर्माले कतै प्रचण्डले आफूहरुलाई टाढा धकेल्न थालेका त होइनन् भन्नेमा गम्भीर चिन्ता र दुखेससो पोखेका थिए ।
आफूले गुटवन्दी नगरेको वर्षामानको प्रष्टीकरण – ‘बांकी जीवन पार्टीकै लागि ‘

जनार्दनको प्रचण्डप्रति लिखित गुनासो : अध्यक्षले नै ‘एउटै पार्टी र गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउन नहुने बारेमा बोल’ भनेर आफू बोलेको प्रष्टीकरण ‘
शनिबारको बैठकमा दिपशिखा, सरल सहयात्री र विरगंजका सम्वाना बोकेका युवा नेता रहबर अन्सारीले स्थायी समितिलाई कडा आलोचना गरे । प्रचण्डको समर्थन गर्दै उनीहरुले स्थायी समितिले केन्द्रीय समितिलाई अवमूल्यन गरेको आरोप लगाए ।
‘माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय कमिटी भूमिकाविहीन भएको बताएका छन्।

राजधानीमा जारी माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सापकोटाले पार्टीको स्थायी कमिटीमा सबै काम हुने बताए।

‘स्थायी समिति बहुप्रतिभाशाली, बलशाली, बाहुबली छ,’ उनले भने, ‘स्थायी समिति आफैं प्रश्न तयार पार्छ, आफैं उत्तर दिन्छ, आफैं नम्बर दिन्छ र पास दिन्छ।’

उनले केन्द्रीय सदस्यहरू भूमिकाविहीन देखिएको र तलका कार्यकर्ताले अनिच्छापूर्वक ताली बजाइरहेको टिप्पणी गरे।

नेता सापकोटाले सरकार, पार्टी र नेताहरूविरूद्ध आएका विषयको प्रतिवाद गर्न केन्द्रीय सदस्यहरूलाई आग्रह पनि गरे।

‘अहिले सरकारका कामले हामी सबैमा उर्जा आएको छ। यो उर्जा बचाएर पार्टी संगठनमा रूपान्तरण गर्ने हो भने हामी ११ लाख मत थप्न सक्छौं,’ स्थायी कमिटी सदस्यहरूप्रति लक्षित गर्दै उनले भने, ‘नेताहरूले पनि गल्ती गरेको भए त्यो छोड्नु हुँदैन। तर सरकारविरूद्ध व्यापक मोर्चाबन्दी छ। तपाईंहरू सरकारको प्रतिरक्षा गर्ने कमाण्डर बन्नुस्। तपाईंहरू अध्यक्षसँगै दौडिनुस्, दौडिनुभएन भने हामी महाधिवेशनमा ओभरट्याक गर्छौं।’

केन्द्रीय सदस्य रहबर अन्सारीले लामो इतिहास र आन्दोलन बोकेको माओवादी पार्टी नयाँ आएका पार्टीसँग डराउन नहुने बताएका छन्।

काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रममा उनले नयाँ आएका दलहरूसँग सशंकित हुनुपर्ने बताएका हुन्।

‘जनयुद्धमा रातो रगत बगाउन नडराएको माओवादी नीलो बससँग डराउन हुँदैन,’ उनले भने।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महिलाहरूका लागि निःशुल्क बस सञ्चालन गरेका छन्। जसको नाम ुब्लू बसु राखिएको छ।

त्यसतर्फ इंगित गर्दै उनले जनताको हक हित र अधिकारका लागि लामो संघर्ष गरेर आएको माओवादी केन्द्र डराउन नहुने बताएका हुन्।

तर, पार्टीलाई रूपान्तरण गर्न आवश्यक रहेको उनको भनाइ छ। ‘पार्टी नोकिया फोन जस्तो भयो, तर जमाना स्मार्ट फोनको आयो,’उनले भने।

जमानत जफत भएकाहरूको पनि कमिटी बनाउनुपर्ने उनले बताए।

सरल सहयात्री पौडेलले पार्टी बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ भनेर प्रश्न उठाएका छन्।

काठमाडौंमा जारी चौंथो केन्द्रीय कमिटीको चौंथो दिनको बैठकमा नेताहरु जिल्ला नगएको भन्ने केन्द्रीय सदस्यहरु प्रति लक्षित गर्दै पौडेलले यस्तो प्रश्न उठाएका हुन्।

पौडेल माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष समेत हुन्। उनले अहिले माओवादी सफल कि अवशानको चुनौतिपूर्ण मोडमा रहेको बताए।

‘आशा र सपना मरेपछि जागरण पनि मर्दो रहेछ,’ बैठकमा पौडेलले भने,‘अहिले हामी सफल र अवसानको चुनौतिपूर्ण मोडमा छौं।’

बैठकमा पौडेलले अहिले पुरानो प्रचण्ड र प्रचण्डपथ जाग्नुपर्ने बेला भएको धारणा राखे। ‘हामीलाई पुरानो प्रचण्ड जागेको हेर्न मन छ,प्रचण्डपथ जागेको हेर्न मन छ,’ उनले भने।

केन्द्रीय सदस्य पौडेलले विधान सम्मेलन वा महाधिवेशनबाहेक अरुबेला संसोधन हुन नसक्ने खालको विधान बनाउन पनि सुझाव दिएका छन्।

पार्टी विधिमा चल्नुपर्ने बताउँदै उनले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर चाकडी गर्नेले बाहिर के गर्छ त्यो पनि हेरिनुपर्ने बताए।

‘बालुवाटार गएर चाकडी गर्नेले बाहिर के गर्छ ? बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ त्यो पनि हेरिनु पर्छ,’ पौडेलले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com