ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुकका प्रयोगकर्ता तीन अर्ब नाघे, त्रैमासिक आम्दानी ४२ खर्ब


एबीसी न्यूज

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो सोसल मिडिया प्लाटफर्म फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या ३ अर्ब नाघेको छ । पछिल्लो रिपोर्ट अनुसार फेसबुकको मातृ कम्पनी मेटाले त्रैमासिक आम्दानीमा सबै पुराना रेकर्डहरु तोडेको छ । गत अप्रिलदेखि जुनसम्मको त्रैमासिक अवधिमा मेटाले ७ अर्ब ८० करोड खुद मुनाफा कमाउन सफल भएको छ । जबकि उक्त त्रैमासिकमा कम्पनीको कूल आम्दानी चाहिँ ३२ अर्ब डलर अर्थात् ४२ अर्ब रुपैयाँभन्दा बढी भएको छ ।

मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गका अनुसार कम्पनीले अपेक्षा भन्दा अधिक मुनाफा कमाउन सफल भएको छ । रिपोर्ट अनुसार दोस्रो त्रैमासिकमा फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या पनि बढेर ३ अर्ब ३ करोड पुगेको छ ।

स्मरण रहोस् सन् २०२२ मेटाका लागि निकै खराब वर्ष सावित भएको थियो । एप्पलको डाटा प्राइभेसी नीतिमा भएको परिवर्तनसँगै मेटाले व्यापक नोक्सानी बेहोर्नुपरेको थियो । एप्पलको उक्त नीति मेटाको आम्दानीको बाटोमा बाधा बनेको थियो ।

मेटा कम्पनीको दोस्रो त्रैमासिकको रिपोर्ट सार्वजनिक भएसँगै कम्पनीको शेयर मूल्यमा पनि सात प्रतिशतको वृद्धि भएर प्रतिशेयर ३२०.३२ डलर पुगेको छ । मेटाको रिपोर्ट अनुसार उसका विभिन्न एपहरुमा विज्ञापनको संख्यामा पनि यो वर्ष ३४ प्रतिशत बढी देखिएको छ । विज्ञापनदाताहरुको पहिलो रोजाइमा फेसबुक र इन्स्टाग्रामको रील्स सबैभन्दा अगाडि देखिएका छन् । मेटाले चर्चित एप टिकटकको सिको गर्दै शर्ट भिडियो प्लाटफर्म रील्स ल्याएको थियो, जुन सफल देखिएको छ । सन् २०२० मा भारतमा टिकटक प्रतिबन्धपछि मेटाले इन्स्टाग्राम तथा फेसबुक रील्स लञ्च गरेको थियो ।

मेटाका अनुसार फेसबुक र इन्स्टाग्राममा अहिले हरेक दिन २ खर्ब पटक भिडियो हेरिन्छ । मेटाले यो वर्ष कर्मचारीको संख्यामा पनि भारी कटौती गरेको छ । गत जुन महिनाको अन्त्यसम्ममा कर्मचारीहरुको संख्या अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले कटौती गरी ७१ हजार ४६९ कायम गरेको छ । यसले पनि कम्पनीको खर्च कम भई मुनाफामा वृद्धि हासिल गर्न सहयोग गरेको बताइएको छ ।

–एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com