ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटाली भ्रमणलाई मैले सफल भ्रमणका रुपमा लिएको छु: प्रधानमन्त्री दाहाल


एबीसी न्यूज

काठमाडौ साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो इटाली भ्रमण सफल भएको बताएका छन । इटाली भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको सक्रिय सहभागिता र सम्मेलनको दौरानमा भएका महत्वपूर्ण भेटघाटले भ्रमण सफल भएको छ । “भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एक स्वतन्त्र, सार्वभौम, संयुक्त राष्ट्रसङ्घ र समग्र बहुपक्षीयताप्रति प्रतिबद्ध मुलुकका रुपमा अझ बढी मुखरित हुन पुगेको विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

सम्मेलनका क्रममा आफू अत्यन्त व्यस्त रहेको जानकारी दिँदै उहाँले इटालीको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको विकासको अवलोकन गरेको बताए। प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घ, इटाली सरकार र रोमस्थित खाद्य तथा कृषि सङ्गठन, विश्व खाद्य कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषद्वारा इटालीको रोममा आयोजित ‘संयुक्त राष्ट्रसङ्घ फुड सिस्टम समिट प्लस २ स्टकिङ मोमेन्ट’ मा नेपालको प्रतिनिधित्व गरेका थिए। सम्मेलनमा नेपालको सहभागिता र सम्मेलनको अवसरमा भएका द्विपक्षीय भेटघाटका क्रममा महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए।

प्रधानमन्त्री दाहालले सम्मेलनको उद्घाटन समारोहमा नेपालको सरकार प्रमुख तथा अतिकम विकसित राष्ट्रको अध्यक्षका हैसियतमा सम्बोधन गरेका थिए। उनले सम्मेलनको अत्यन्त महत्वपूर्ण सत्रका रुपमा लिइएको ‘खाद्य प्रणालीमा रुपान्तरणको अभ्यास, सफलता र आगामी बाटो’ मा नेपालका प्रतिनिधित्व गर्दै मुख्य वक्ताका रुपमा सम्बोधन गरेको बताए । “सम्मेलनका क्रममा ‘विद्यालय खाजा कार्यक्रमसम्बन्धी सत्र’लाई पनि सरकार प्रमुखको हैसियतमा मैले सम्बोधन गरेँ”, उनले भने। सम्मेलनको मुख्य सत्रलाई सम्बोधनका क्रममा आफूले खाद्य सुरक्षा, पर्याप्त, सुरक्षित र स्वस्थ्यकर खाद्यमा सहज पहुँच, दिगो कृषि विकास, गरिबी निवारण, भोकमरीको अन्त्यलगायत ‘एजेन्डा–२०३०’ले निर्देश गरेका उद्देश्य प्राप्त गर्नमा अतिकम विकसित राष्ट्रहरुले भोग्नु परेका समस्याका बारेमा अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेको प्रधानमन्त्रीले दाहालको भनाइ छ ।

“अतिकम विकसित मुलुकका करोडौँको सङ्ख्यामा रहेका जोखिममा परेका नागरिकलाई आशाको दियो सञ्चार गर्नका लागि अन्तर्राष्ट्रिय समुदायले सामूहिक प्रतिबद्धता देखाउनुपर्ने खाँचो पनि प्रस्ट पारेको छु”, उनले भने । प्रधानमन्त्री दाहालले विश्वव्यापी रुपमा देखापरेको जलवायु परिवर्तनलाई थेग्ने दिगो र भरपर्दो उत्पादकत्व वृद्धिका लागि प्रविधि, मल, बजार, पूँजीमा सहज पहुँचको सुनिश्चितता गर्न आवश्यक रहेको विषयलाई जोडदार रुपमा राखेको बताए । उद्घाटन सत्रलाई संयुक्त राष्ट्रसङ्घका महासचिव, इटालीका प्रधानमन्त्री तथा अन्य मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले समेत सम्बोधन गरेका थिए ।

“विद्यालय खाजासँग सम्बन्धित सत्रलाई सम्बोधन गर्दै नेपाल सरकारबाट भएका प्रयास अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेँ”, उनले भने, “दिवा खाजा कार्यक्रमसम्बन्धी नेपालको अनुभव यथार्थमा नै सफल अनुभव हो ।” नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको सहकार्यमा सञ्चालित यस कार्यक्रमबाट ३३ लाखभन्दा बढी बालबालिका लाभान्वित भएका छन् । उक्त कार्यक्रमबाट विद्यार्थीको भर्ना सङ्ख्या, हाजिरी, र उनीको सिकाइको स्तरमा उल्लेख्य परिवर्तन आएको छ । नेपालले गत पाँच वर्षमा दिवा खाजा कार्यक्रमको बजेटमा चार गुणाले वृद्धि गरेको छ । प्रधानमन्त्री दाहालले सम्मेलनका दौरान औपचारिक कार्यक्रमका अतिरिक्त महत्वपूर्ण द्विपक्षीय भेटवार्ता तथा संवाद भएको जानकारी दिए ।

सम्मेलनका क्रममा आफूसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गटुरेसको भेट भएको र सो भेटमा संयुक्त राष्ट्रसङ्घ र नेपालबीचको सहकार्य तथा सहयोग, विश्व शान्तिमा नेपालले पु¥याएको योगदान, बहुपक्षीयता, जलवायु परिवर्तन, गरिबी निवारण तथा खाद्य सुरक्षालगायत विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ । सम्मेलनका क्रममा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटघाट भएको जानकारी दिँदै उनले भेटमा नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी र क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र बङ्गलादेशबीचको सहकार्यलगायत विषयमा सौहाद्र्रपूर्ण छलफल भएको जानकारी दिए ।

“बङ्गलादेश सरकार नेपालमा उत्पादित जलविद्युत् खरिद गर्न इच्छुक छ, आर्थिक अन्तरनिर्भरताको यो अत्यन्त महत्वपूर्ण आयाम अब कार्यान्वयनको चरणमा रहेको छ”, उनले भने । प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपालले भारतीय भूमि भएर नेपालको जलविद्युत् बङ्गलादेशमा निर्यात गर्ने सहमति भएको थियो । “त्यसलाई यथाशीघ्र औपचारिकता दिई जलविद्युत् निर्यातको ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाउँदै छ”, प्रधानमन्त्री दाहाले भने, “बङ्गलादेशका प्रधानमन्त्रीसँग यस विषयमा अत्यन्त महत्वपूर्ण कुराकानी भएको छ ।उनले भ्रमणका क्रममा गैरआवासीय नेपाली सङ्घ, इटालीले आयोजना गरेको कार्यक्रममा नेपाली समुदायसँग विभिन्न विषयमा छलफल गरेको जानकारी दिए।

सातदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री दाहाल आज स्वदेश फर्केका हुन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, उच्च सरकारी अधिकारीलगायतले स्वागत गरे । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा उनका स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी थिए।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com