ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको ब्रिफिङ : प्रधानमन्त्रीले गल्ती स्वीकारे, संसद खोलौं


एबीसी न्यूज
असार २५, २०८० सोमबार  ३ : ४२ बजे

 

काठमाडौं २५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘गल्ती स्वीकार’ गरेपछि संसद खोलेर जान उपयुक्त हुने ब्रिफिङ गरेका छन्।

सोमबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि ओलीले त्यसबारेमा जानकारी दिन दलको बैठक राखेका थिए।

दलको बैठकमा सांसदहरूलाई जानकारी दिँदै ओलीले प्रधानमन्त्रीले गल्ती ‘रियलाइज’ गरेकोले आजको संसदमा उनको सम्बोधन सुन्नेगरी सहमति बनेको ब्रिफिङ गरेका हुन्।

‘प्रधानमन्त्रीले रियलाइजेसन गरेपछि संसद खोलेर जानेगरी सहमति भएको कुरा बैठकमा बताउनुभयो,’ सांसद सुनिता बरालले नेपालखबरसँग भनिन्, ‘आजको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ, हामी सुन्छौं।’

एमालेले आइतबार संसद् खोल्ने सहमति गरेपनि पछि नयाँ सर्त अघि सारेको थियो। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति र प्रेस सल्लाहकार गोविन्द आचार्यले निकालेको विज्ञप्ति सच्चिनुपर्ने सर्त राखेको थियो।

त्यसबारे प्रधानमन्त्री प्रचण्डले आफूसँग सल्लाह नगरी विज्ञप्ति निकालिएको ओलीलाई बताएका छन्।

‘स्टेटमेन्ट मसँग सल्लाह नगरी निकालिएछ। यसै विषयलाई लिएर विवाद तन्काउनु राम्रो होइन,’ प्रचण्डले बैठकमा राखेको भनाई उदृत गर्दै ओलीले सांसदहरूलाई सुनाए, ‘प्रधानमन्त्रीले रियलाइज गरेपछि हाम्रो उद्देश्य पनि संसद रोक्नु होइन। अब संसदमा प्रधानमन्त्री बोल्नुहुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com