काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी दुई शनिबार राजस्वको कारोबार गर्ने बैंक तथा शाखा कार्यालयहरूलाई खुल्ला राख्न निर्देशन दिएको छ ।
चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर ईएफटीको फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार बिदाका दिन पनि २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्ने बताएको छ ।
त्यस्तै असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरू, चेक क्लियरिङ एवम विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरूका साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्