ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फरार गैंडा सिकारी २५ वर्षपछि पक्राउ


एबीसी न्यूज
असार २२, २०८० शुक्रबार  २ : २८ बजे

असार २२,
दुर्लभ वन्यजन्तु गैंडा मारेर खाग बिक्री व्यवसाय गरेको आरोपमा १० वर्ष जेल सजाय हुने फैसला भए पनि फरार रहँदै आएका भीमबाहादुरलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले लगभग २५ वर्षपछि पक्राउ गरेको छ । टोलीले हिजो बिहीबार साँझ चितवन कालिका नगरपालिका–२ का मिने साइँला भनिने ५६ वर्षका भीमबहादुर थापा क्षेत्रीलाई समाएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार २०५५ सालको कात्तिक २८ गते निकुञ्जको अमृते पोष्ट नजिक पन्ना खोला आडमा खाग काटेको मृत गैंडा भेटिएको थियो । सो गैंडा मार्न भीमबहादुरसहित १७ जना संलग्न भएको अनुसन्धानमा खुलेको थियो । तर घटनापछि उनी फरार रहँदै आएका थिए ।

उनी विरूद्धको मुद्दा २०५७ साल माघ २५ मा फैसला भएको थियो । निकुञ्जले उनलाई १० वर्ष कैद र एक लाख रूपैयाँ जरिवना हुने सजाय सुनाएको थियो । तर भाग्दै विभिन्न ठाउँ लुक्दै बस्दै आएको भीमबहादुरलाई बिहीबार निकुञ्ज प्रशासन र निकुञ्जमा तैनाथ नेपाली सेनाको खड्गदल गणको संयुक्त टोलीले समाएको हो ।

उनलाई शुक्रबार भरतपुर कारागार चलान गरिसकेको सूचना अधिकारी तिवारीले बताए । गैंडा दुर्लभ वन्यजन्तु भएका कारण यसलाई मारेमा वा यसको अंगको कारोबार र ओसारपसार गरेमा १५ वर्षसम्म कैद र १० लाख रूपैयाँसम्म सजाय हुने कानुनी व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com