ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्ले बनाएको कानुनभन्दा बाहिरको आदेशबाट प्रशासन चलेको छ : पूर्वसभामुख ढुंगाना


एबीसी न्यूज
असार १६, २०८० शनिबार  ८ : ३९ बजे

 

काठमाडौं १६ असार । पूर्वसभामुख दमननाथ ढुंगानाले संसद्ले बनाएको कानुनभन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताएका छन्।

६५औं संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्ले बनाएको कानुनबाट प्रशासन नचलेको बताए।

‘कानुन किन बनाउनुपर्ने जनप्रतिनिधिले सार्वभौम जनप्रतिनिधिले भने त्यो भन्दा बाहेकको कुनै कारबाही नहोस्, प्रत्यायोजित, निर्देशिका, ऐन, कानून, नियमावली, आदेश केही पनि संसद्ले बनाएको विधेयक भन्दा टाढा नहोस्, त्योसँग नबाझिने होस् भनेर,’ ढुंगानाले भने।

उनले संसद्ले यसबारेमा ध्यान दिन नसकेको बताउँदै उनले राजनीतिक पार्टीहरु सत्ताको स्वार्थमा डुबिरहेको पनि बताए।

‘तर अहिले म सुन्दैछु, संसद्ले एउटा कानून बनाउँछ तर अरु अरुकै आदेशबाट प्रशासन चलिरहेको छ। त्यो हेर्ने को होरु तपाईहरू संसद्ले हेर्ने होइन। ल हाम्रा पार्टीलाई त सत्तामै फुर्सद भएन। हुनेलाई कसरी मेरो सत्ता बचाउँ, नहुनेलाई सत्तामा जान हतारो। त्यो मात्रै छ।’

उनले संसद्ले बनाएका कानुन प्रशासनले नमान्नु भनेको संसद्को अपमान भएको र अहिले सोही कुरा देखिरहेको बताए।

‘हाम्रो देशको राजनीतिमा अब त प्रदेशमा पनि सरिसक्यो। हामीले बनाएको कानूनलाई छल्ने गरी प्रशासनले जुन जुन आदेश गरेको छ, त्यो संसद्को अपमान हो,’ उनले भने, ‘त्यो हेर्ने कोरु हेरिरहनुभएको छ तपाईंहरूले। त्यो हेर्नुपर्छ। संसद्को कामै छैन, त्यो हेरिँदैन भने। संसद्को इच्छा बेगरको कुरा कुनै ऐन, कानुनबाट हुँदैन। त्यही भएर संसद्ले नै कानुन बनाउनुपरेको हो। यहाँ प्रशासनले जे पनि गरिरहेको छ।’

पूर्वसभामुख ढुंगानाले संसद् प्रभावकारी बनाउनका लागि, भ्रष्टाचार घटाउन र सरकारलाई प्रभाकारी बनाउनका लागि काम गर्न जरुरी रहेको बताए। उनले नेपालमा संविधान फाल्ने र अर्को व्यवस्था ल्याउनेतिर धेरै सोच्न जरुरी नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

संवैधानिक परिषद सम्बन्धी नयाँ अध्यादेश लागू

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com