ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपंक्षीको कलेजो खादा स्वास्थ्यमा फाईदा कि बेफाइदा जानीराखौं


एबीसी न्यूज

 

काठमाडौं

मासुमा रुची हुनेहरुका लागि पशुपंक्षीको मुटु, कलेजो, फोक्सो पनि निकै स्वाद लाग्ने गर्दछ साथै स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक मानिन्छ । यस्तो परिकार बनाउने काइदा पनि फरक हुन्छ ।

यद्यपी मन खोलेर भने खान हच्किन्छन् । कारण, यस्ता खानेकुराले स्वास्थ्यमा असर गर्छ कि भनेर । खासगरी कलेजोको सन्दर्भमा धेरैले डर मान्छन् । पशुपंक्षीको कलेजो धेरैको मनपर्ने परिकार हो ।

तर, यसको सेवन गर्दा हानी गर्छ भन्ने डर धेरैलाई छ । उनीहरुलाई लाग्छ, पशुपंक्षीको सबै रोग एवं विषक्त तत्व कलेजोमा जमेर बसेको हुन्छ । जब हामी कलेजो सेवन गर्छौं, साथसाथै त्यसमा रहेको विषाक्त तत्व पनि ।

कलेजोले कस्तो काम गर्दछः

– कलेजोको काम शरीर विभिन्न प्रकारका विषादीलाई शरीरबाट निष्कासन गर्नु हो । यही कारण पनि मानिसहरुमा यस्तो भ्रम हुन स्वभाविक हो ।

– कलोजोले शरीरमा जम्मा हुने विषाक्त तत्वलाई निष्कासन गर्ने भएपनि यसले सञ्चय गरेर राख्दैन । अर्थात विष कलेजोमा जमेर बस्दैन ।

– उदाहरणका लागि, मदिरा सेवन गर्दा त्यसमा रहेको हानिकारक तत्वले कलेजोलाई क्षति गर्छ । तर, मदिराको विषाक्त तत्व कलेजोमा जमेर भने बस्दैन ।

– बुझ्नैपर्ने अर्को कुरा त के पनि भने, विषाक्त रसायनहरुलाई शरीरबाट निष्कासन गर्नका लागि कलेजोले त्यस्ता रसायनलाई पानीमा घुलनसिल बनाउँछ । ती रसायनहरु रगत हुँदै मिर्गौलामार्फत पिसाबको माध्ययमबाट वाहिरिन्छन् । स्वास्थ्य परीक्षणमा रगत र पिसाब जाँच गर्नुको कारण पनि यही हो । यसबाट शरीरमा बन्ने र प्रवेश गरेका विषधीहरुको वारेमा पत्ता लाग्ने गर्छ ।

कलेजो एक ‘सुपरफुड’

– समाजमा पनि कलेजोलाई उर्जा प्रदान गर्ने पदार्थको रुपमा लिइन्छ । त्यसैले मानिस कमजोर हुँदा कलेजो सेवन गरेको पाइन्छ ।

– कलेजोमा प्रचुर मात्रामा पोषक तत्व हुन्छ । त्यसैले कलेजोलाई पोषणविद्हरुले ‘सुपरफुड’ पनि भन्ने गर्छन् ।

– कतिपय रोग निको पार्नकै लागि पनि कलेजोको सेवन गरिन्छ । क्यान्सर, मुटु, टि।बी। जस्ता रोगबाट ग्रसित मानिसहरुले कलेजोको नियमित सेवन गर्नुपर्छ । यस्ता रोग निको पार्नका लागि कलेजोले विशेष भूमिका खेल्छ ।

– कलेजोलाई यसलाई विभिन्न थेरापीमा पनि प्रयोग गरिदै आइएको छ । कलेजोको सेवनबाट गराईनेमध्येको एउटा थेरापी हो, ग्रेसन थेरापी । यस्तो थेरापीमा कलेजोलाई जुुसको रुपमा सेवन गराइन्छ ।

– कलेजोलाई स्याउ र गाँजर भन्दा बढी पोषिलो खाद्यपदार्थको रुपमा लिइन्छ ।

अत्याधिक भिटामिनबी १२

– विशेषगरी भिटामिन बी १२ को कमी साकाहारीमा हुने गर्छ । कलेजोमा भने यसको मात्रा अत्याधिक हुन्छ । भिटामिन बी १२ ले रक्त कोष निर्माणमा मद्दत गर्छ ।

– भिटामिन बी १२ को कमिले रक्तअल्पताको समस्या निम्तन सक्छ । यो भिटामिनले शरीरको कोषहरुमा हुने डि।एन।ए लाई उचित ढंगबाट काम गर्न प्रेरित गर्छ । त्यस्तै यसले मष्तिस्कको कार्यक्षमता चुस्त बनाउन, अल्जाइमरबाट बचाउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।

अन्य भिटामिन

– कलेजोमा भिटामिनबी ६, बायोटिन र फोलेट प्रचुर मात्रामा हुन्छ । फलेटको कमीले पनि रक्तअल्पता हुने गर्छ ।

– खानाबाट शरिरमा प्रवेश गरेको भिटामिन ए कलेजोमा जम्मा भएर बस्ने गर्छ । जसलाई चाहिएको अवस्थामा पछिसम्म पनि प्रयोग गर्छ । त्यसैले हामीले कलेजो सेवन गर्दा सँगै भिटामिन ए पनि लिन्छौँ ।

भिटामिन एको कमीले हामी धेरैलाई थाहभएको काम भनेको यसले रतन्धोको समस्या निम्त्याउछ । यो भिटामिनले शरिरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । यसले छालाको बृत्तिविकास गर्नुका साथै छालाई चमक दिने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आज ‘गाईजात्रा’ पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

अटिजम स्पेक्ट्रम डिसअर्डर

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com