ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजगढ विमानस्थलको साइट क्लियर १ वर्षभित्र गर्ने प्रधानमन्त्रीको सासदहरुलाई जबाफ


ABC NEWS
असार ८, २०८० शुक्रबार   ३ : ०२   बजे

काठमाडौँ ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक वर्ष २०८०र८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने उनले प्रतिवद्धता जनाए । उनले रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको पनि बताए । ‘राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु र अन्य प्राथमिकता आयोजनाहरूको जग्गा अधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा छ’ उनले भने ‘आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायमार्फत सम्बोधन गरिनेछ ।’
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखेका थिए।

हरेक महिना चलाउने गरी अघि बढाइएको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शुक्रबार संसद्‍मा पुगेका थिए।

प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि सभामुखले चार दिनअघि नै सांसदहरुसँग लिखित प्रश्न मागेका थिए।

पहिले नै प्रश्न लिइसकेकाले प्रधानमन्त्रीले शुक्रबार पूर्वतयारीसहित सांसदहरुको प्रश्नको जवाफ दिन संसद्‍मा उपस्थित हुनुपर्ने थियो।

तर शुक्रबार संसद्मा फरक दृश्य देखियो। प्रधानमन्त्रीले आफूलाई प्रश्न गर्ने सांसदहरुलाई चिन्न नै सकेनन्। सांसदहरु चिन्न नसकेपछि उनलाई सभामुख देवराज घिमिरेले सघाएका थिए।

पूर्वनिर्धारित कार्यक्रम भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लापरबाही कारण संसद्‍मा अप्ठेरो दृश्य देखिएको हो।

शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई प्रश्नका लागि सभामुख घिमिरेले नेपाली कांग्रेसकी सांसद अञ्जनी श्रेष्ठको नाम लिए। आफ्नो पालो आएपछि उनले प्रधानमन्त्रीलाई प्रश्न सोधिन्।

त्यसअघि प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेका अच्युत मैनाली र नेपाली कांग्रेसका अजय चौरसियाले प्रश्न गरेका थिए।

त्यक्रममा प्रधानमन्त्री अलमलिन पुगे। उनले आफूलाई प्रश्न गर्ने सांसदको नाम नै चिन्न नसकेपछि सभामुख घिमिरेले सघाए। प्रधानमन्त्रीलाई रोकेर सभामुख घिमिरेले सांसद अञ्जनी श्रेष्ठको नाम लिएर सघाइ दिए। त्यसपछि बल्ल प्रधानमन्त्रीले श्रेष्ठको प्रश्नको जवाफ दिए।

यो दृश्य फेरि दोहोरियो। उनले आफूलाई प्रश्न सोध्ने पूर्वमन्त्री एवम् नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतलाई पनि चिनेनन्। बस्नेतलाई पनि नचिनेपछि प्रधानमन्त्री प्रचण्डलाई सभामुखले सघाएर सहज बनाइदिए।

तर अझै अलमल देखियो। सभामुख घिमिरेले प्रश्न सोध्ने सांसद अम्बिका बस्नेत भएको बताउँदा पनि प्रधानमन्त्रीमा अलमल देखियो।

प्रधानमन्त्रीले सांसद बस्नेतको लिखित प्रश्न नै हराएको बताउँदै फेरि सोध्न रोस्ट्रमबाट आग्रह गरे। त्यहीक्रममा उनले आफूले राम्रो तयारी गर्न नसक्दा यस्तो भएको उल्लेख गरे।

प्रश्नोत्तरको अन्तिममा सांसद अशोककुमार चौधरीले प्रधानमन्त्रीमाथि कटाक्ष गरे। उनले आफ्नो नाम अशोककुमार चौधरी रहेको बताउँदै नझुक्किनका लागि नोट गरेर राख्न भने।

उनले आफ्नो नाममा नझुक्किन आग्रह गर्दै भारतसँग जोडिएको सीमा नियमन कहिले र कसरी हुन्छ भनेर प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group