ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वमन्त्री विश्वबन्धु थापाको जीवन अनुभव भन्छन्, ‘दुई सय रुपैयाँमा विवाह गरें’


ABC NEWS
जेष्ठ २७, २०८० शनिबार  ४ : ०६ बजे

काठमाडौं, २७ जेठ ।

जात नभएका बडा हाकिम ः

वरिष्ठ राजनीतिज्ञ विश्व बन्धु थापा भन्नुहुन्छ, ‘जब म बडा हाकिम भएर गोरखा गएँ, मैले भनें, ‘बडा हाकिमको जात हुँदैन, म सबैको बडा हाकिम हुँ ।’ राजनीतिक आन्दोलनका एक योद्धा ९६ वर्षिय थापाले आफू २३ वर्षको उमेरमा बडाहाकिम हुँदा परिवारका सदस्यलाई भन्नुभएछ, हजुरहरुलाई हजुरको बुहारीले पकाएर खुवाउँछिन्, म बडा हाकिम हुँ त्यसैले सबैले पकाएको खान्छु ।

उहाँको जन्म वि.सं. १९८४ भदौ २४ गते ईण्डियामा भएको हो । उहाँको बुवा चन्द्र शमशेरको पालामा निर्वासन जानुभएको रहेछ । जुद्ध शमशेरको समयमा माफी दिएपछि उहाँहरु विराटनगर आउनुभयो, त्यो बेला उहाँ ६ वर्षको हुनुहुन्थ्यो । बीपी कोइरालासँग बालककालदेखि नै उहाँको नजिकको सम्बन्ध बन्यो । भन्नुहुन्छ, मलाई मेरी हजुरआमाले हुर्काउनुभयो, बीपीको बुवाले पनि माया गर्नुहुन्थ्यो ।

परीक्षा छोडेर मजदुर आन्दोलनमा ः

राष्ट्रिय विभूति समेत रहेका भीमसेन थापाको पाँचौ पुस्ता हो विश्व बन्धु थापाको पुस्ता । नेपाल राज्यभरी नै पढ्नका लागि विद्यालय थिएन त्यो समय उहाँले वि.सं. २००१ मेट्रिक पास गर्नुभयो । बीपीलाई लाग्यो की अब नेपालीको पनि छुट्टै पार्टी खोल्नुपर्छ । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसमा आबद्ध हुनुभयो । बनारसमा अध्ययनकै क्रममा रहेका बेला विराटनगरमा मजदुर आन्दोलन भयो । आइएको एउटा पेपरको परीक्षा दिएर उहाँ त्यो मजदुर आन्दोलनमा होमिनुभयो होमिएका बेला २० वर्षको उमेरमा जेल पर्नुभयो ।

‘झण्डै मैले पढ्न नपाएको, धन्न अंग्रेजी पेपर बिग्रेको थिएन र अनि बीए पास गर्न पाएँ, उहाँले भन्नुभयो । पढ्ने समय ताका नै उहाँले सैन्य अर्थात् मिल्ट्री तालिम लिनुभएछ । बीपीले सुवर्ण शमशेरको प्रजातान्त्रिक कंग्रेससँग मिलेर क्रान्ती गर्दा उहाँको सैन्य तालिमको खुबै महत्व रह्यो ।

सैन्य क्रान्ती ः

पढाई सँगसँगै जीवनको क्यारियर र नेता बीपीसँगको क्रान्ती सँगसँगै अघि लाने जिम्मेवारी झनै बढ्दै गयो । गोरखामा एक अभियन्ता राजेश्वर देवकोटाको टाउकोमा खुकुरी दलका मान्छेले खुकुरी प्रहार गरेर अवस्था बिथोलिएपछि बीपीले गोरखामा बडाहाकिम भएर जाँ भन्नुभएछ । भीमसेन थापाको सन्तान भएर होला, त्यहाँका स्थानीयले उहाँलाई काजी साब भन्दा रहेछन् । तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला त्यो समय विराटनगर हुनुहुन्थ्यो । बीपीले गिरीजाले लुकीलुकी पार्टी चलाइरहेको छ भनेर विश्व बन्धुलाई भन्ने गर्नुहुन्थ्यो । क्रान्तीका लागि बर्माबाट हतियार आयो, मेरो पढाईको परीक्षा सकिसकेको पनि थियो, त्यसैले त्यो काम मैले गर्दिएँ, उहाँले भन्नुभयो ।

बीपीको राष्ट्रिय कंग्रेस र सुवर्णको प्रजातान्त्रिक कंग्रेस मिलेर २००६ साल चैत २७ गते नेपाली कांग्रेस बन्यो । सभापति मातृकाप्रसाद कोइराला र महामन्त्री महेन्द्रविक्रम साह बने । ‘मातृकालाई ठूल्दाजु, बीपीलाई सान्दाजु भन्थे । ठुलदाजु र सान्दाजुको झगडामा म परे, । अहिलेको माओवादी जस्तै त्यो बेला हामी थियौं, राइफल बोक्नुपर्ने, जंगल हिड्नुपर्ने, त्यही गरेर जिन्दगी बित्यो’, उहाँले भन्नुभयो ।

दुई सय रुपैयाँमा विवाह ः

उहाँ १८ वर्ष पुग्दाखेरी भन्नुहुन्छ, मैले विवाह आफैं गरेको । के लाग्यो भने, अब कसैको माया चाहियो मलाई । साइनोले भान्दाइ पर्नेले चितवनमा एक जना केटी छिन् भनेर सुनाइरहन्थे रे । ‘उनले त्यहाँ केटी छ भनेको मैले सुन्थें, केटी हेर्छु भने तर त्यहाँ कसरी जाने थाहा छैन ।’ एक जना साथीको सुझाव अनुसार ट्रेन चढ्नुपर्छ भन्ने भयो तर पैसा छैन । एक, डेढ सय रुपैयाँ जम्म गरेर उहाँहरु केटी हेर्न चितवन पुग्नुभयो । केटी पनि मन प¥यो तर विवाह गर्ने पैसा थिएन, उहाँले आफूले विवाह गर्दाको क्षण सम्झनुभयो । चितवनका आफन्तले तिमी आँट, हामी विवाह गर्दिन्छौं भनेछन्, अनि दई सय रुपैयाँमा उहाँको विवाह भयो । उहाँको धर्मपत्नीको नाम हो, जोसना थापा । विवाह त गरियो तर घर अर्थात् विराटनगर कसरी फर्कने, घना जंगल थियो, बाटोमा बाघ, भालुको डर, उहाँले भन्नुभयो ।

२०१७ पुस १ मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई हटाए । त्यसपछि पञ्चायती व्यवस्था लागू भयो । मातृका र बीपीबीच कुरा नमिल्दा उहाँ बीपीको समूहमा हुनुहुन्थ्यो । तर त्यसपछि भने त्यो समय उहाँ मन्त्री हुनुभयो । आफू कहिले पोखरा त कहिले गोरखाको बडा हाकिम हुँदाको इतिहास उहाँले हामीलाई सुनाउनुभयो । ‘क्रान्ती गर्दा आफूसँगै दायाबायाँको मान्छे मर्थे, गोली पनि अहिलेको जस्तो थिएन’, उहाँले भन्नुभयो, ‘मन्त्री हुँदा म निकै पहाडमा हिड्थे ।’ कतिपय अवस्थामा मृत्युको डिलमा पुगेर पनि बाँचेको अनुभव उहाँसँग छ ।

मातृका र बीपीबीचको झगडा ः

नेपाली कांग्रेसले २०१५ सालको चुनावमा दुईतिहाई मत ल्यायो । त्यो समय विश्वबन्धु चितवनबाट जनप्रतिनिधिको रुपमा निर्वाचित हुनुभयो । उहाँ कांग्रेस संसदीय दलको प्रमुख सचेतक बन्नुभयो । ‘राजा र बीपीको राम्रो मेल थिएन । राजा सुवर्ण शमशेर प्रधानमन्त्री भए मिल्छ भन्ने तर, राणा गयो राणा आयो के फरक भयो भन्ने कुरा उठ्थे । बीपीले सुवर्णलाई माया गर्थे, पार्टी चलाउन धेरै खर्च दिएका थिए पनि’, उहाँले भन्नुभयो । उहाँले वीरगञ्ज, गुल्मी लगायत तीन ठाउँमा चुनाव जितेको सुवर्ण शमशेर मन्त्री हुन नपाएको तर, दुई ठाउँमा चुनाव हारेको सुर्यप्रसाद थापा भने मन्त्री भएको गुनासो गर्नुभयो ।

बीपीले चाह्यो भने, हारेको मान्छे पनि मन्त्री, सभामुख हुने उहाँले भन्नुभयो । तर बीपीकी श्रीमती सुशीला कट्टर प्रजातन्त्रवादी र असल मान्छे रहेको उहाँले बताउँनुभयो । बीपी पत्नी सुशीलालाई आफ्नो पति मन्त्री, प्रधानमन्त्री भएको कुनै मतलब थिएन, सुशीला भाउजुले मलाई भन्नुहुन्थ्यो, ‘बीपीलाई भन्देऊ, मलाई मन पर्दैन । मैले भनेको मान्नुहुँन्न । आफ््नै ठूलदाजु दाजु प्रधानमन्त्री भएर के बिग्रन्छ, तर, मान्नुभएन । कांग्रेसभित्रको झगडा भनेकैं मातृकाबाबु र बीपीको झगडा । झगडा दाजुभाईको हो । मातृकाबाबु र बीपी नमिल्दा नेपाली कांग्रेसको झगडा भयो ।’

चितवनबाट चुनाव जितेपछि ः

राजनीतिक घटनाक्रमका एक योद्धा विश्वबन्धुले सुवर्ण शमशेर पार्टीको सभापति हुँदा राजाले अलि बढी माया गरेको बताउनुभयो । बीपीले पछि उहाँलाई कृष्णप्रसाद भट्टराईलाई गोरखामा चुनाव जिताएर ल्याउने निर्देशन भयो । गोरखामा बडाहाकिम भइसकेकोले आफू पनि चुनाव लड्न र भट्टराई पनि जिताउन भनेका रहेछन् । जवाफमा उहाँले भन्नुभएछ, सान्दाजु म चुनाव लड्दिनँ । बरु, उसलाई जिताएर ल्याउँला ।’

यो सुनेर विश्वबन्धु रिसाएको बीपीले महसुस गर्नुभएछ र फेरी भन्नुभयो, ‘उसोभए, उसलाई जिताएर ले । त चितवनमा चुनाव लड् । म जितेर पनि आएँ ।’

 

उहाँको जीवनको बाँकी अंश कार्यक्रमको अर्को श्रृङ्खलामा प्रस्तुत गर्नेछौं ।

फोटो ः ध्रुव अधिकारी

(एबीसी टेलिभिजनको कार्यक्रम आत्मवृत्तान्तका लागि गरिएको संवादमा आधारित)

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com