ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौतर्फी विरोधपछि सांसदहरूलाई ल्यापटप बाँड्ने योजनाबाट पछि हट्यो कोशी प्रदेशसभा


एबीसी / संवाददाता

विराटनगर, ११ जेठ । चौतर्फी आलोचना भएपछि कोशी प्रदेशका प्रदेशसभा सदस्यलाई ल्यापटप वितरण गर्ने योजनाबाट प्रदेश सचिवालय पछि हटेको छ । आलोचनापछि दलहरूले औपचारिक रूपमै ल्यापटप नलिने घोषणा गरेपछि प्रदेशसभा सचिवालयले ल्यापटप खरिदका लागि आह्वान गरेको टेन्डर खारेज गरेको छ ।

प्रदेश सरकारले रकमान्तर गरेर पैसा दिएपछि प्रदेशसभा सदस्यलाई डेढ करोड रुपैयाँ बराबरको ल्यापटप किन्न प्रदेशसभा सचिवालयले टेन्डर आह्वान गरेको थियो ।

यस विषयमा समाचार आएपछि कांग्रेस, माओवादी र एमाले संसदीय दलले ल्यापटप नलिने निर्णय गरेका थिए । नेपाली कांग्रेसको जेठ ४ गते बसेको संसदीय दलको बैठकले ल्यापटप नलिने निर्णय गरेको थियो भने एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले दुई दिनअघि पत्रकार सम्मेलन गरेर ल्यापटप नलिने घोषणा गरेका थिए ।

भण्डारीले ल्यापटप खरिद गर्ने निर्णय फिर्ता लिन प्रदेशसभा सचिवालयलाई आग्रह गरेको थियो । प्रमुख दल र सांसदहरूले नै विरोध गर्दै ल्यापटप नलिने घोषणा गरेपछि ल्यापटप खरिद गर्ने निर्णयबाट प्रदेशसभा सचिवालय पछि हटेको हो ।

आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रकमान्तर गरेर १ करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि गत साता प्रदेशसभा सचिवालयले सय वटा ल्यापटप खरिदका लागि टेन्डर आह्वान गरेको थियो ।

विरोध भएपछि ल्यापटप खरिद प्रक्रिया रद्द गरेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । प्रदेशसभाका ९३ जना सदस्य र ७ वटा सचिवालयका लागि ल्यापटप खरिद गर्न लागिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

धरानमा डेंगुको महामारी : २ महिनामा ७ जनाको निधन

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग

हटिया खाली गराउन बिर्तामोडमा चल्यो डोजर

झापामा पोथी हात्ती मृत फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com