ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसका पूर्वसांसद शेर्पाको बयान– केशव र सानुलाई हिरासतमा भेटेर पीडितहरुको रकम फिर्ता गर्दिनु भनेँ


एबीसी / संवाददाता

काठमाडौँ, ११ जेठ । नक्कली शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीको हिरासतमा पुगेर अन्य अभियुक्तलाई भेटेको बयान दिएका छन् ।

गत वैशाख २९ गते पक्राउ पुर्जी जारी भएपछि जेठ २ गते आत्मसमर्पण गरेका उनले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका कांग्रेस कार्यकर्ता केशव दुलाल र यो प्रकरणका अर्का योजनाकार सानु भण्डारीलाई भेटेको बताएका हुन् ।

आङटावाले दुलाललाई कांग्रेस नेतृ सुजाता कोइरालाको स्वकीय सचिव भएकै बेला आफूले भेटेको र चिनेको पनि उल्लेख गरेका छन्।

‘प्रतिवादीहरुमध्ये केशवप्रसाद दुलाललाई उनी सुजाता कोइरालाको निजी सचिव हुँदा चिनेको, सानु भण्डारी जग्गाको र हाइड्रोपावरको काम गर्ने भएकाले उनलाई १६–१७ महिनाअघि चिनेको हो। नरेन्द्र केसीलाई बालकृष्ण खाँणको पिए भएकोले र बालकृष्ण खाँण नेपाली कांग्रेसको नेता भएकोले चिनेको छु’, उनले भनेका छन्, ‘निजहरुबाहेक टोपबहादुर रायमाझीको नाम सुनेको हो, अन्य प्रतिवादीसँग मेरो चिनजान छैन। जाहेरवालासमेतका नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थीहरु बनाई अमेरिका लैजाने भनी ठगी गरेको कसुरमा सानु भण्डारी र केशव प्रसाद दुलाललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेपछि मैले प्रस्तुत ठगी एवम् संगठित अपराधबारे थाहा पाएको हो।’

उनले गत चैत दोस्रो साता पक्राउ परेर जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा रहेका सानु भण्डारी र केशवप्रसाद दुलाललाई आफूले भेटेको पनि सकारेका छन्।

‘निजहरु पक्राउ परि जिल्ला प्रहरी परिसर टेकुको प्रहरी हिरासतमा राखिएको बेला भेटेको हो, के कुन मितिमा भेटेको भन्ने मलाई हाल याद छैन। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी पीडितहरुबाट प्रतिवादीहरुले रकम लिएकोबारे मलाई थाहा छैन’, उनले भनेका छन्, ‘ठगी गर्ने कार्यमा परिपञ्च मिलाउने, रकम लिने र खाने तथा ठगी गरेको रकम राख्नेसमेतका कार्यमा मेरो संलग्नता छैन। मैले सानु भण्डारी र केशवप्रसाद दुलाललाई प्रहरी हिरासतमा भेटेको हो। निजहरुलाई भटेर पीडितहरुको रकम फिर्ता गरिदेऊ, तत्काल रकम फिर्ता गर्न नसकेपछि फिर्ता गर्ने गरी कागज गरेर पनि मिलाउन सकिन्छ, हिरासतमा बसेर मुद्दा मामिला गरेर फाइदा हुँदैन भनेर सम्झाएको हुँ।’

तर उनले बालकृष्णका पीए नरेन्द्र केसीबाट एक करोड रुपैयाँ भने नलिएको बताएका छन्।

‘मैले राजु भण्डारीलाई तीस लाख रकम दिएको पनि छैन। राजु भण्डारीलाई मैले चिनेको पनि छैन, भेटेको पनि छैन। मैले चिन्दै नचिनेको र भेट्दै नभेटेको मानिससँग कारोबार र व्यवसायिक साझेदारी हुने कुरै भएन। सानु भण्डारीले १ वर्षअघि मेरो गर्ज्याङ हाईड्रोपावर कम्पनी रामेछाप र खिम्ती दोश्रोमा लगानी गर्ने कुरा गरेका थिए। तर कुनै लगानी पनि गरेनन्’, उनले भनेका छन्, ‘राजु भण्डारीले मबाट तीस लाख रकम पाएको भन्ने भर्पाइबारे मलाई थाहा छैन। म जेठ १ गते जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएपछि मैले अनुसन्धान अधिकृतसमक्ष गरेको कुराकानीको भिडिओ रेकर्ड देखेँ, सो कुरा मैले बेहोसी र करकापमा गरेको हुँ।’

उनले आफ्नो पुरक बयानमा अमेरिका पठाउने भनेर नभइ नातेदार पर्नेहरुसँग सर(सापटको रकम मागे बताएका छन्। तीमध्ये कतिपय रकम फिर्ता दिएको पनि उनले बताएका छन्।

‘कुमारी बैंकमा रहेको खाता मेरै नाममा संचालन रहेको हुनुपर्छ। जाहेरवाला तथा निजका आफन्तहरूलाई अमेरिका पठाइदिन्छु भनी रकम माग गरेको होइन। निजहरुलाई ठगी गरेको छैन’, उनले भनेका छन्, ‘जाहेरीमा उल्लेख जाहेरवालाहरूसँग मैले सरसापटीको रकम माग गरेको हो । उक्त रकम समयमा तिर्न नसक्दा निजहरुले मलाई ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी दिएको हुनुपर्छ। मैले निजहरूलाई अमेरिका पठाउँछु भनी रकम माग गरेको होइन। निजहरूसँग कुनै प्रमाण छैन। निजहरूबाट मैले लिएको रकम हाईड्रो पावरमा लगानी गरेँ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com