ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योगेशको ‘जनयुद्ध’माथिको प्रश्नमा देवेन्द्रको जबाफ ‘के को उपलव्धीमा गणतन्त्र आएको हो ?’ योगेश किन माओवादी विरुद्ध झुत्ति खेलिरहेका छन् ?


ABC NEWS

योगेशको ‘जनयुद्ध’माथिको प्रश्नमा देवेन्द्रको जबाफ के को उपलव्धीमा गणतन्त्र आएको हो ? योगेश किन माओवादी विरुद्ध झुत्ति खेलिरहेका छन् ?

काठमाडौँ ८ जेठ । सरकारले आर्थिक वर्ष २०८०– ८१ को निति तथा कार्यक्रमको पहिलो बुँदामा नै माओवादीको नेतृत्वमा भएको ‘जनयुद्ध’उल्लेख गरेको प्रति एमाले नेता योगेश भट्टराई अहमति जनाए पछि माओवादी बढी उत्तेजित नहुन चेतावनी दिएको छ । ‘विभिन्न कालखण्डमा भएका राजनीतिक क्रान्ति, जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनलगायतका बलिदानीपूर्ण संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञानअज्ञात सहिदहरूप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछुु भन्ने लेखिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ मा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वाचन गरेको सरकारको नीति तथा कार्यक्रमको यो पहिलो बुँदामा नै आफ्नो असहमति रहेको एमाले सचिवसमेत रहेका योगेश भट्टराईले प्रश्न उठाए । प्रतिनिधिसभाको सोमबारको बैठकमा भट्टराईले उक्त शब्द स्वीकार गरेको भन्दै कांग्रेसको आलोचना गरे ।

उनले आलोचना मात्रै गरेनन् ‘कांग्रेसको अन्त्यु हुन लागेको पनि घोषणा गरे । ‘आज मेरा केही प्रश्न नेपाली कांग्रेसप्रति छ । सम्बोधन (नीति तथा कार्यक्रम) को पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ । यहाँ विगतमा भएका आन्दोलनहरूको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द पनि उच्चारण भएको छ । यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो । २०७२ सालको संविधानपछि नेपालका कुनै पनि सरकारी दस्तावेजहरूमा यो शब्द उल्लेख भएको छैन । पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहालजीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ,’ उनले भने ।

सांसद भट्टराईले बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद जस्ता व्यत्तित्व पछिको कांग्रेस ‘निम्छरो’ भएर उक्त शब्द स्विकार्न पुगेको बताए । ‘यदि यो १ नम्बर बुँदा कांग्रेसले स्वीकार्छ भने नेपाली कांग्रेसको ‘इन्ड अफ द हिस्ट्री’हो,’ उनले भने । आफ्नो प्रश्नको जवाफ पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले दिनुपर्ने पनि भट्टराईको भनाइ थियो ।
त्यसपछि नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन आएका माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आपत्ति जनाए । पौडेलले एमाले सचिव भट्टराईलाई शब्दकोश पल्टाएर हेर्न र बहसमा आउन चुनौती दिए ।

माओवादीले युद्धबाट बृहत् शान्ति सम्झौता हुँदै शान्ति प्रक्रियामा आएको पनि पौडेलले स्मरण गराए । आफ्ना नेताले १२ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको नबिर्सिन पनि आग्रह गरेका थिए । ‘यो जनयुद्धको बारेमा माननीयज्यूलाई एकपटक डिक्सनरी पल्टाएर हेर्न आग्रह गर्न चाहन्छु । यो माछा युद्ध थियो ? भालु युद्ध थियो ? जंगलका अर्नाहरू लडेका थिए कि रुख र ढुंगाहरू लडेका थिए ? मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरू लडेको युद्ध थियो,’ पौडेलले भने, ‘नेपाली जनतालाई सार्वभौम बनाउन, संविधानसभाबाट संविधान बनाउनका निम्ति जनयुद्ध लडिएको थियो । म हजारपटक आँखा जुधाएर बहस गर्न तयार छु, आउनुस् बहस गर्न । नेपाली जनताले एकान्तमक शाह वंशीय राजतन्त्रको अन्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका निम्ती जनयुद्ध गरिएको थियो ।’

जनयुद्धपछि माओवादी र अन्य राजनीतिक दलहरूले सहकार्य गरेर जनआन्दोलन भएको पनि पौडेलको भनाइ थियो । उनले रोस्ट्रममा उभिएर कटाक्ष नगरी मिलेर अगाडि बढ्न आग्रह गरेका थिए । ‘रोस्ट्रममा आएर कटाक्ष गर्नुभन्दा मिलेर जाने कुरा गरौं यहाँ । माननीयज्यूहरू, धनगढीमा चलिराखेको छ नागरिक अभिनन्दन राजतन्त्र फर्काउने कुरा, त्यहाँ गएर बहस गर्नुस् । हामी यहाँ सहकार्य गर्न तयार छौं,’ माओवादी सचिव पौडेलले एमाले सचिव भट्टराईलाई भने, ‘आजको इतिहास भनेको सबैले मिलेर ल्याएको गणतन्त्र जोगाएर जाने हो । त्यसकारणले विगतका सबै आन्दोलनप्रति सम्मान गर्न सिकौं ।’
पछिल्लो समय एमाले सचिव योगेश भट्टराई माओवादी र माधव नेपालप्रति उग्र रुपमा प्रस्तुत भइरहेका छन् । विगतमा नेकपा कालमा भएको विवादको अन्तिम समयसम्म भट्टराई प्रचण्ड र माधव नेपालको पक्षमा थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com