ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानिसले कम्तीमा चार हजार ५०० वर्षदेखि चुम्बन गर्दै आएको एक अध्ययनको दाबी


एबीसी / संवाददाता
जेष्ठ ६, २०८० शनिबार   ७ : ५०   बजे

काठमाडौँ, ६ जेठ । मनोरञ्जनको रूपमा चुम्बनलाई देखाउने सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ ।

यस पुस्तकले ईसापूर्व २५०० देखि नै ‘प्राचीन मेसोपोटामिया र इजिप्टमा ओठमा चुम्बन गरिएको थियो’ भन्ने कुराको प्रमाण प्रस्तुत गरेको छ ।

मनोरञ्जनात्मक अभिव्यक्तिको रूपमा ओठमा चुम्बन गर्ने अभ्यासको सुरुवातले रोगहरूको फैलावटलाई कसरी असर गर्न सक्छ भनेर ट्रोएल्स प्यान्क अर्बोलले आफू र सहलेखक सोफी लुन्ड रासमुसेनले अनुसन्धान गर्न थालेको बताइन् ।

अर्बोल कोपेनहेगन विश्वविद्यालयमा प्राचीन अध्ययनका पुरातत्वविद् हुन् । लुन्ड रासमुसेन अक्सफोर्ड विश्वविद्यालयका जीवविज्ञान विशेषज्ञ हुन् ।

पछिल्लो अध्ययनले ईसापूर्व १५०० तिर भारतको एक स्रोतलाई ‘यौन–रोमान्टिक चुम्बन’ को प्रारम्भिक सन्दर्भका रूपमा उद्धृत गरेको छ ।

सन् १९८० को दशकमा नै प्रमाण संकलन भइसकेको भएता पनि अन्य क्षेत्रमा यो सूचना कहिल्यै नअपनाइएको उनले बताइन् ।

उपलब्ध हजारौं प्राचीन ‘क्युनिफॉर्म’हरूमा उनीहरूले रोमान्टिक चुम्बनको अपेक्षाकृत कम सन्दर्भहरू भेट्टाएको बताएका छन् ।

उनीहरूले भनेका छन्, “प्राचीन कालमा चुम्बनलाई रोमान्टिक आत्मीयताको एउटा सामान्य भाग मानिन्थ्यो भन्ने स्पष्ट उदाहरणहरू छन् ।”

अध्ययन गरिएका सन्दर्भ सामग्रीहरूमा ‘चुम्बन विवाहित दम्पतीहरूले गर्ने कुरा हो’ भनिएको तर ‘अविवाहित व्यक्तिको प्रेममा पर्दा चुम्बनलाई यौन इच्छाको भागको रूपमा लिइन्छ’ भनेर पनि लेखिएको संकेतहरू भेटिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

अनुसन्धाताहरूले ‘मैत्रीपूर्ण–अभिभावकीय चुम्बन’ र ‘मनोरञ्जनात्मक चुम्बन’ लाई भिन्नरूपले हेर्ने गरिएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group