ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिसाब चुहिने समस्या र उपचार


एबीसी न्यूज

काठमाडौं, ५ जेठ ३४–४० वर्षको उमेरमा हाँस्दा र हाच्छ्युँ गर्दा वा कति महिलालाई महिनावारी सुकेपछि पिसाब चुहिने समस्या हुनसक्छ । कतिपयले केही गह्रौं सामान उचालेपछि पिसाब तुरुक्क चुहिने समस्या सुरु भएको भन्छन् ।

३४–४० वर्षको उमेरमा हाँस्दा र हाच्छ्युँ गर्दा वा कति महिलालाई महिनावारी सुकेपछि पिसाब चुहिने समस्या हुनसक्छ । कतिपयले केही गह्रौं सामान उचालेपछि पिसाब तुरुक्क चुहिने समस्या सुरु भएको भन्छन् ।
प्रजनन् स्वास्थ्यबारे छलफल गर्दा महिलाहरूले आफ्ना केही समस्या अरुलाई भन्नै लाज मान्छन् । तर, उनीहरूलाई व्यथाले दैनिक जीवनमै अप्ठ्यारो पारेको हुन्छ । केही वर्षअघि ५० वर्षीया मेरी एकजना साथीले मलाई भनेकी थिइन्, ‘म अफिस बाहिर कतै एक दिन जाँदा पनि ब्यागमा लुगा हालेर जान्छु । त्यो नगरे त मलाई समस्या पर्छ ।’ ‘के समस्या हो रु’ भनेर सोध्दा उनले अप्ठ्यारो मान्दै भनिन्, ‘अरु कसैलाई भन्नै गाह्रो छ ।’

‘मलाई त हाच्छ्युँ गर्दा, धेरै हाँस्दा, लामो समय उभिरहँदा, खोक्दा अलि–अलि पिसाब चुहिन्छ । लुगा भिज्छ, आफैंलाई गन्हाउँछ, अनि लुगा फेर्नैपर्छ । त्यसैले मैले एक जोर लुगा बोक्नैपर्छ । यसरी धेरै पिसाब नचुहियोस् भनेर पानी पनि कम पिउँछु ।’

मैले भने, ‘यस्तो त धेरै महिलाहरूलाई हुन्छ ।’ तर महिलाको स्वास्थ्य विषयमा कुरा गर्दा यो प्रायः त्यति छलफल हुँदैन । महिलाहरू व्यथा बोकेर चुप लाग्छन् । सल्लाह लिने, उपचार गर्ने चलन छैन । ‘यो मलाई मात्र हो’ भनेर अस्पताल जाँदैनन् । तर सुरुकै अवस्थामा दैनिक व्यायाम गरे यो समस्या धेरै नियन्त्रणमा आउँछ । पिसाब चुहिन्छ भनेर पानी कम खानु त हानिकारक हुन्छ । यसले अन्य समस्या निम्तिने हुन्छ । पानी कम भए पिसाबको संक्रमण हुनसक्छ । यसरी संक्रमण भइरहे मिर्गौलामा पनि समस्या पर्न सक्छ । गर्भवती महिलालाई यो समस्या भए झनै जटिलता हुनसक्छ । पानी कम पिउँदा पिसाब चुहिने समस्याको समाधान हुँदैन, यो अरु रोगको कारणले हुन्छ ।

३४–४० वर्षको उमेरमा हाँस्दा र हाच्छ्युँ गर्दा वा कति महिलालाई महिनावारी सुकेपछि पिसाब चुहिने समस्या हुनसक्छ । कतिपयले केही गह्रौं सामान उचालेपछि पिसाब तुरुक्क चुहिने समस्या सुरु भएको भन्छन् । गाउँघरमा धेरै भारी बोक्ने, धेरै बच्चा जन्माएका महिलालाई यो समस्या हुनसक्छ । नियमित व्यायाम र शरीरलाई मोटो हुन नदिने हो भने यो समस्या कम हुन्छ ।

के हो पिसाब चुहिने समस्या

चिकित्सकीय भाषामा यसलाई ‘युरिनरी इन्कन्टिनेस’ वा ‘मूत्र असंयम’ भनिन्छ । महिलालाई यसले दैनिक जीवनमै अप्ठ्यारो गराउँछ । सामाजिक क्रियाकलापमा पनि सहभागी हुन वा खुलेर हाँस्न पनि गाह्रो हुन्छ । धेरै उमेर पुगेपछि पुरुषहरूलाई पनि यो समस्या फाट्टफुट्ट देखिन सक्छ । तर महिलालाई जति समस्या हुँदैन । महिलामा यस किसिमको समस्या हुनुको कारण पिसाब थैलीको मांसपेसी कमजोर वा खुकुलो हुनु हो । हाँस्दा, उफ्रिँदा, हाच्छ्युँ गर्दा, गह्रौं सामान उचाल्दा पेटको मांसपेसीमा बल परेपछि पिसाब थैलीमा जोड पर्दा पिसाब चुहिन्छ । यस्तो समस्या हुँदा छिटो–छिटो पिसाब गर्न जान मन लाग्ने तर शौचालय नपुग्दै पिसाब चुहिने गर्छ । अनि शरीर गन्हाएर गुप्ताङ्ग चिलाउँछ । घाउ

हुन्छ । यो समस्या कसैलाई भन्न पनि गाह्रो हुन्छ ।

मूत्राशयमा, मूत्रनलीमा संक्रमण भए यो समस्या झन् बढ्छ । महिनावारी रोकिएपछि, धेरै मोटा, मधुमेह भएका महिलालाई पनि यस्तो समस्या हुनसक्छ । त्यसैले सुत्केरी भएपछि नै प्रजनन् अंगको मांसपेसी बलियो बनाउने व्यायाम गर्नुपर्छ । ‘किगल’ व्यायाम गर्न सिकेकी मेरी एउटी साथीको उक्त व्यायामबाट ८० प्रतिशत समस्या कम भएको थियो । यो व्यायाम ‘किगल’ नामका डाक्टरले पहिलोपटक सुरु गरेका थिए । यो व्यायाम एकरदुई दिन गरेर हुँदैन, यसलाई दैनिक जीवनको अङ्ग नै बनाउनुपर्छ ।

गर्भावस्थाको सुरुवातदेखि घरीघरी पिसाब लाग्ने हुन्छ भने गर्भावस्थाको अन्तिम महिनामा पनि मूत्राशयमा दबाब बढ्नाले बारम्बार पिसाब लाग्न थाल्छ । यस्तो अवस्थामा कतिपय गर्भवती महिलालाई खोकी लाग्दा पनि पिसाब चुहिन सक्छ । गर्भावस्थामा पेटको आकार बढ्छ र भित्री अङ्गहरूमा परिवर्तन हुन्छ ।

विशेषगरी गर्भावस्थाको तेस्रो त्रैमासिकमा यो समस्या बढ्छ । केही महिलाहरूलाई सुत्केरी भएपछि पनि पिसाब चुहिने समस्या हुनसक्छ । यो समस्या कम गर्न केही व्यायाम गर्नु आवश्यक हुन्छ । जसले गर्दा पुठ्ठाका मांसपेसीहरू बलियो हुनुका साथै यो समस्या बिस्तारै कम हुन्छ । खानामा रेसादार तत्व कम छ भने कब्जियत हुन्छ जसले गर्भावस्थामा पुठ्ठाका मांसपेसीहरूमा दबाब हुन्छ ।

स्वास्थ्यकर्मीको सल्लाह लिएर केही सामान्य योगासन र पुठ्ठाको मांसपेसीलाई बलियो बनाउने व्यायाम गर्न सकिन्छ । आहारमा रेसादारको मात्रा बढाउँदा कब्जियत कम हुन्छ, जसले गर्दा गर्भावस्थामा पुठ्ठाको मांसपेसीमा दबाब कम गर्छ । यसले पेटलाई राम्रो राख्छ र घरीघरी पिसाब लाग्ने समस्या पनि कम गर्न सक्छ । कोक, यान्टा आदि गुलिया पेय पदार्थ पिउँदा धेरै पिसाब र पिसाब चुहिने समस्या बढाउँछ । पानीको प्रयोगले गर्दा कब्जियत कम हुन्छ । शरीरमा पानीको कमी नहोस् भनेर पानीमा कागती, तुलसी हालेर पिउनुपर्छ ।

उपचार

किगल व्यायाम ः सुरुमा पिसाब गर्दा एकछिन रोकेर, सास फेरेर जननेन्द्रियका मांसपेसीहरू माथितिर ल्याउने प्रयास गर्नुपर्छ । यसो गर्दा मांसपेसीहरू खुम्चिन्छन् । यसरी १० सेकेन्डसम्म खुम्च्याएर फेरि पिसाब छोडिदिनुपर्छ । पहिले पिसाब गरिसकेपछि १० सेकेन्ड अड्याएर राख्न केही गाह्रो भए ५ सेकेन्डसम्म अड्याउन सकिन्छ । अनि बिस्तारै समय बढाउनुपर्छ । तर हरेक पटक पिसाब गर्दा ४–५ पटक गरेपछि पिसाब नफेरेको बेला पनि यो व्यायाम गर्दा बिस्तारै मांसपेसीहरू बलिया हुन्छन्् । यो व्यायाम बसिरहेको बेला, हिँड्दै सुत्केरी बेला गर्दा पनि गर्न सकिन्छ । पाठेघर झरेर पिसाब चुहिने महिलालाई पाठेघरको शल्यक्रिया गरेकालाई यो व्यायामले फाइदा गर्छ । किगल व्यायाम कुनै स्वास्थ्यकर्मीसँग सिकेर गर्न पनि सकिन्छ ।

योगासन ः यसका केही आसनहरू दैनिक प्रयोग गर्दा पनि समस्या केही कम गर्न सकिन्छ रु सर्वाङ्गासन, उष्ट्रासन, उत्कटासन, ताडासन आदिले मेरुदण्डमा पुठ्ठाको, जननेन्द्रियको मांसपेसीलाई बलियो बनाउँछ । ३०–४० वर्षका सुत्केरीले यस्ता योगासनहरू गरे ‘पिसाब चुहिने’ समस्या कम हुन सहयोग पुग्छ ।

सफाइ ः सुत्केरी अवस्थामा जननेन्द्रियमा संक्रमण नहोस् भन्ने महिलाले निम–तीतेपाती आदि पानीमा उमालेर जननेन्द्रिय धुनुपर्छ । विभिन्न किसिमको चिसो पेयपदार्थ, मोटो हुने चिनी आदि खानुहुन्न सकेसम्म प्रयोग एकैचोटि ठूलो बोझ बोक्नुहुँदैन । त्यसैले चार–चार घण्टामा पिसाब फेर्ने बानी गर्नुपर्छ । ४०–४५ वर्षको उमेरमा महिनावारी सुक्ने बेलामा महिलाको शरीरमा ‘एस्ट्रोजन’ नामक हर्मोनको कमीले पाठेघर र पिसाब थैलीका मांसपेसी पातलो हुने सम्भावना हुन्छ । अनि पिसाब चुहिने समस्या हुनसक्छ ।

जीवनशैली ः स्वस्थकर जीवनशैली, खानपान, अनुशासन आदिले यो समस्या केही कम गर्न सकिन्छ । यस्तो समस्या परेका महिलाहरूले पिसाब धेरै लाग्छ भनेर पानी, झोल पदार्थ पिउन कम गर्नुहुँदैन । धूम्रपान गर्ने महिलालाई बारम्बार खोकी लाग्ने भएकाले धूम्रपान त्यागेकै राम्रो हुन्छ । पिसाब चुहिने समस्या शारीरिक मात्र नभई सामाजिक समस्या पनि हो । यस्तो समस्या भएपछि समाजमा घुलमिल हुन अप्ठ्यारो हुन्छ । शरीर गन्हाएर अरुले पनि अपहेलना गर्न थाल्छन् । सामाजिक रूपमा अपहेलना हुन थालेपछि फेरि मानसिक समस्या पनि थपिन सक्छ । पुरुषहरूलाई पनि यो समस्या प्रोस्टेटको शल्यक्रियापछि हुनसक्छ ।

परामर्श ः पार्किनसन्स, मोटोपनको कारणले पनि यो समस्या हुनसक्छ । समयमै परामर्श नपाउँदा र उपचार नगर्दा यो समस्या बढ्न सक्छ । विश्वमा झन्डै २० प्रतिशत महिलालाई यो समस्या भएको तथ्यांक पाइन्छ । नेपालमा यसको खासै अनुसन्धान त गरिएको छैन तर प्रजनन उमेरका, पाठेघरको शल्यक्रिया गरेका, महिनावारी रोकिएका महिलालाई यो समस्या बढी हुनसक्छ । यो समस्या भएका महिलाले स्वास्थ्यकर्मीसँग सल्लाह लिएर किगल व्यायाम, योगासन सिक्नुपर्छ । तौल धेरै छ भने घटाउने, मधुमेहको समस्या भएकाले औषधि गरेर खानपिनमा ध्यान दिनुपर्छ । यो समस्यालाई बोझ नमानेर पिसाब चुहिने समस्या ‘रोग’ नमानेर व्यवस्थापन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आज ‘गाईजात्रा’ पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

अटिजम स्पेक्ट्रम डिसअर्डर

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com