ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बगर तातोपानी कुण्डमा पूर्वाधार अभाव


एबीसी न्यूज
जेष्ठ ४, २०८० बिहीबार  १२ : ५३ बजे

काठमाडौं, ४ जेठ । धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाव भएको छ ।

म्याग्दी नदीको किनार नजिकै बग्ने तातोपानीको मूललाई सङ्कलन गरिएको कुण्डमा स्नान गरी उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । तर कुण्ड परिसरमा पूर्वाधारको अभाव भएपछि समस्या भएको छ । धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत अन्तिम मानव बस्तीको रुपमा रहेको जेल्टुङ गाउँ नजिकै रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गरेमा थकान मेटिने भएकाले पर्यटक पुग्ने गरेका छन् । कुण्डमा स्नान गरेमा नसा, हाडजोर्नी र छालासम्बन्धी विभिन्न रोग निको हुने विश्वास गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएपछि उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको कुण्डका व्यवस्थापक कृष्णबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार, गत पुसदेखि यता कुण्डमा दुई सय २० जना बढीले नियमित स्नान गरी विभिन्न रोगको उपचार गराएका छन् । बगर र जेल्टुङ गाउँका स्थानीय ४० र अन्य एक सय ८० जनाले कुण्डमा पुगेर स्नान गरी उपचार गराएका हुन् । पछिल्लो समय कुण्डको प्रचारप्रसारले स्नान गरी उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । पदमार्गबाट म्याग्दी नदी तरेर कुण्डमा जान पुलको अभावले सर्वसाधारणलाई सास्ती भएको छ । उनीहरु जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् ।

कुण्डमा आवतजावत गर्न झोलुङ्गे पुल नहुँदा नदीमाथि अस्थायी साँघु बनाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय राउण्ड धौलागिरि युवा क्लबका सचिव आस्मन पुर्जाले बताउनुभयो । पुल निर्माणको लागि पटक पटक विभिन्न निकायमा माग पेश गरेको भए पनि सुनुवाइ नभएको उहाँको गुनासो छ ।

“पर्यटकको आकर्षणको रुपमा रहेको तातोपानीमा सहजरुपमा आवतजावत गर्ने सुविधा छैन, नियमितरुपमा उपचारका लागि स्नान गर्न आउने बिरामीलाई समेत बसोबासको लागि पूर्वाधार बन्न सकेको छैन”, पुर्जाले भन्नुभयो ।

केही वर्षअघि धौलागिरि गाउँपालिकाले पर्यटक र बिरामीको सुविधाका लागि निर्माण गरेको आश्रयस्थल भवनको पूर्वाधारसमेत पहिरोले क्षति पु¥याएपछि अहिले यस कुण्डमा नियमितरुपमा स्नान गर्ने त्रिपाल टाँगेर बस्ने गरेका छन् । यस कुण्डमा लामो समय स्नान गर्नेबाट प्रतिव्यक्ति रु दुई सय शुल्क लिने गरिएको छ । उक्त रकमलाई कुण्डको वारपार गर्न हरेक वर्ष साँघु निर्माण गर्नेलगायतका कार्यमा परिचालन गरिँदै आएको छ ।

यस कुण्डमा रोग निको हुने विश्वासले मुदी, मुना, ताकम, मराङ, देवीस्थानलगायतका गाउँबाट सर्वसाधरण स्नान गर्न पुग्ने गर्दछन् । सुविधाजनक पूर्वाधार नहुँदासमेत उपचारका लागि आउनेको सङ्ख्या बढेपछि यहाँका स्थानीयले पूर्वाधार निर्माणमा जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । गाउँपालिका र अन्य निकायमा पटक पटक कुण्डको संरक्षण तथा पूर्वाधार निर्माण सम्बन्धमा जानकारी गराए पनि उचित सम्बोधन नभएको स्थानीयवासीको गुनासो छ ।

मुदीगाउँदेखि एकदिनको पैदल यात्रापछि यहाँपुग्न सकिन्छ । कहालीलाग्दो भिरपहरामा खोपेर निर्माण गरिएको पदमार्ग हुँदै भीरपाखा, खोला, झरना र विभिन्न वन्यजन्तुको अवलोकन गर्दै अन्तिम मानबबस्ती बगर पुग्न सकिन्छ । बगर गाउँदेखि करिब तीन घण्टाको पैदलयात्रा पछि तातोपानी कुण्ड पुग्न सकिन्छ । धौलागिरि हिमाल आरोहण गर्ने पर्यटकले तातोपानीमा डुबुल्की मारेर थकान मेटाउने गर्दछन् । कुण्डसँगै रहेको सुन्दर झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ ।

म्याग्दीमा बेनी नगरपालिका–४ सिंगा तातोपानी, धौलागिरि गाउँपालिका–१ गुर्जा तातोपानी, धौलागिरि–४ मुदी बगर तातोपानी, अन्नपूर्ण गाउँपालिका–१ दोवा तातोपानी, अन्नपूर्ण–२ भुरुङ तातोपानी, अन्नपूर्ण–५ पाउद्वार तातोपानी र अन्नपूर्ण–६ रातोपानीमा प्राकृतिक तातोपानीका मूल छन् । दर्जन बढी स्थानमा तातोपानीका मूल रहे पनि अहिले आठ ठाउँमा व्यवस्थित तातोपानीका कुण्ड बनाएर विभिन्न रोगको उपचार र पर्यटकको थकान मेटाउने कुण्ड सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com