काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको सोमबारदेखि बयान सुरू भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खाणलाई बयानका लागि बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पुर्याइसकेको छ ।
अहिले सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ । यसअघि प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र बालकृष्ण गृहमन्त्री हुँदाकै गृहसचिव टेकनारायण पाण्डेको पनि बयान आइतबार सकिएको छ।







प्रतिक्रिया दिनुहोस्