ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाजस्तो पपुलिष्टले प्रश्न उठाउने मात्र हो, समाधान दिन सक्दैन : ओली (प्रतिवेदन)


ABC NEWS
बैशाख २८, २०८० बिहीबार  ३ : १४ बजे

काठमाडौं २८ बैशाख । नेकपा एमालेले नवोदित राष्ट्रिय स्वतन्त्र पार्टी लोकरिझ्याइँमा आधारित पार्टी भएको निष्कर्ष निकालेको छ।

बिहीबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत राजनीतिक प्रतिवेदनमा रास्वपा पपुलिष्ट भएको तर्क गरिएको छ। गत निर्वाचनमा युवा मतदाता, सहरी जनमत र प्रवासी नेपालीहरूमा पपुलिज्मले प्रभाव पारेको पनि एमालेको निष्कर्ष रहेको छ।

‘गठबन्धनमा रहेका दलहरूका कारण बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यवासायिक क्षेत्रमा देखा परेका संकट, उत्पादन र रोजगारीको क्षेत्र साँघुरिँदै गरेको अवस्था तथा सेवा प्रवाहमा गम्भीर विचलनका कारण समाजमा निराश बढेको छ,’ ओलीले प्रतिवेदनमा भनिएको छ,‘२०६२र०६३ को परिवर्तन र नेपालको संविधान जारी भएपछि समाजमा देखापरेका आशा र उत्साहलाई यी गतिविधिहरूले ठूलो धक्का दिएका छन्। यस स्थितिले सिर्जना गरेको असन्तुष्टिलाई पपुलिज्मले एजेण्डाका रूपमा राम्रैसँग उपयोग गर्न सुफल भयो।’

पपुलिज्मले मौजुदा समस्या उजागर गर्न सक्ने, प्रश्न खडा गर्न पनि सक्ने तर समाधान भने दिन नसक्ने उनले उल्लेख गरेका छन्।

‘सही दर्शन र विचारधारा नभएको अर्थ(राजनीतिक कार्यदिशा स्पष्ट नभएको र आफ्ना स्वार्थका लागि कहिले वाम त कहिले दक्षिणपन्थी धारका बीचमा डोलायमान रहने यस्तो शक्ति मुलुकको सही राजनीति विकल्प भने हुन सक्दैन,’ प्रतिवेदनमा भनिएको छ।

यस्ता शक्ति कहिलेकाहीँ सामाजिक अराजकता र स्थापित प्रणालीका विरूद्ध विभिन्न शक्ति केन्द्रहरूबाट उपयोग हुने जोखिम रहने ओलीको भनाइ छ।
प्रतिवेदनमा भनिएको छ, ‘कम्तीमा पनि सबैभन्दा ठूलो दलको रूपमा सरकारको नेतृत्व गर्दै मुलुकलाई सही दिशा दिने हाम्रो अपेक्षा थियो । तर, परिणाम त्यसअनुरूप आउन सकेन । यसमा तत्कालीन सत्ता गठबन्धनले खडा गरेका घेराबन्दी, षड्यन्त्र, दुष्प्रचार र आक्रमणको भूमिका त छ नै । तर पार्टीभित्र देखापरेका व्यक्तिवादी प्रवृत्ति, विकृति, सङ्गठनात्मक शिथिलता र अराजकता महत्वपूर्ण कारणका रूपमा रहेका छन् ।’

निर्वाचनमा ‘प्रत्येक पार्टी सदस्यसँग एउटै अपेक्षा, दुई मतको वृद्धि गर्नुस् पाँच मतको रक्षा’ भन्ने आह्वान गरेको भएपनि त्यो लक्ष्य पूरा हुन नसकेको बताए ।

उनले भने, ‘कतिपय कमिटीहरू क्रियाशील नै नभएको र जन-सम्बन्धबाट टाढिएको देखियो । कतिपय आकाङक्षीहरू आफूले उम्मेदवारी नपाउने बित्तिकै असमझदारी, असहयोग र अन्तर्घातसम्म गर्ने र विपक्षीसँग साँठगाँठ गर्ने प्रवृत्ति देखापर्‍यो । हिजोसम्म पार्टीको माथिल्लो ओहदामै रहेका कतिपय नेताहरू पार्टीविरूद्धको षड्यन्त्रमा संलग्न भए । पार्टीका स्थापित विचार र सिद्धान्त, पार्टीले सरकारमा हुँदा हासिल गरेका महत्वपूर्ण उपलब्धि एवं पार्टीका संकल्प र प्रतिबद्धताहरू जनताबीच प्रचार गर्ने र समाजमा स्थापित गर्ने काम प्रभावकारी हुन सकेन ।’

प्रायोजित मिथ्या र भ्रामक सूचनाको बाढीलाई परास्त गर्न नसकेको उल्लेख गर्दै युवा मतदाताहरू, सहरी जनमत र प्रवासी नेपालीहरूको बीचमा पार्टीप्रतिका आकर्षण र जनाघार सङ्कुचनमा परिणामतः जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि प्रतिनिधि सभाको पहिलो पार्टी बन्न नसकेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com