काठमाडौं, २८ बैशाख । नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक आज बस्दै छ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ ।
गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ । प्रचार विभागका उपप्रमुख रिजालका अनुसार बैठकमा केन्द्रीय कमिटीमा ३३५ दुई निलम्वित सदस्य, चार केन्द्रीय निकायका अध्यक्ष र नौ प्रदेश कमिटी अध्यक्ष दुई गैरभौगोलिक० सहभागी हुने बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्