ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक वर्षको अन्तिम महिनामा बजेट खर्च हुने परम्पराको अन्त्य गरौं : अध्यक्ष यादव


ABC NEWS
बैशाख २६, २०८० मंगलबार  ३ : १४ बजे

काठमाडौँ २६ बैशाख । जनता समाजवादी पार्टी का अध्यक्ष उपेन्द्र यादवले जेठमा पुगेर मात्रै धेरै बजेट खर्च हुने परम्पराको अन्त्य गर्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी वर्षको बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा अध्यक्ष यादवले विकास बजेटको ७० प्रतिशत बजेट मात्रै खर्च हुने गरेको र त्यसको अधिकांश जेठमा मात्रै खर्च भइरहेको भन्दै त्यस्तो अभ्यासको अन्त्य गर्नुपर्ने बताए ।

उनले नेपाललाई विकाशोन्मुख देशको सूचीमा उकाल्न सरकारले बजेटमार्फत आवश्यक नीति र कार्ययोजना अंगाल्नुपर्ने माग गरे ।

उनले सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी सुविधामा शिक्षा र स्वास्थ्य सुविधा लिँदा सार्वजनिक संस्थाबाट मात्रै लिन पाउने गरी कानुन बनाउनुपर्ने बताए । ‘कुनै पनि नागरिकलाई विदेशमा उपचार गर्न सरकारले खर्च नदिने भनेर ऐन बनिसकेको छ । तर त्यो ऐन अहिले कार्यान्वयनमा छैन,’ उनले भने, ‘सार्वजनिक पद धारण गरेका व्यक्ति वा उनका परिवारले सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाबाहेकका सस्थाबाट सेवा लिन मिल्दैन । त्यस्तो प्रबन्ध गर्ने कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्छ ।’

उनले काठमाडौंमै उच्चस्तरको अस्पताल बनाउन र सार्वजनिक पद धारण गरेका कोही पनि व्यक्तिलाई विदेशमा उपचारमा लैजानुपर्ने अवस्था भए त्यस्तो उच्चस्तरीय अस्पतालको सिफारिसका आधारमा मात्रै विदेश लैजान पाउने व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

सम्बन्धित

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com