ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन क्षेत्र बढाउने प्रस्ताव एमालेलाई अमान्य, आयोग गठन गर्न माग


admin

भक्तपुर, १ साउन । नेकपा एमालेले संविधानले निर्धारण गरेअनुसार १६५ वटा निर्वाचन क्षेत्रलाई कायम गर्नुपर्ने अडान राखेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज भएको एमाले स्थायी कमिटी बैठकले सरकारले निर्वाचन क्षेत्र बढाए कुनै हालतमा एमालेलाई मान्य नहुने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले राखेको २४० निर्वाचन क्षेत्रको प्रस्ताव स्वीकार नगर्ने निर्णय गरेको बताउनुभयो । सरकारले गरेको निर्वाचन क्षेत्र बढाउने प्रस्ताव मान्य नहुने बताउँदै उहाँले भन्नुभयो, “संविधानले निर्धारण गरेअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिनुपर्नेमा एमालेको अडान छ ।”

बैठकले प्रदेश सभा निर्वाचनका लागि छिटोभन्दा छिटो सीमा निर्धारण गर्न छुट्टै आयोग गठन गर्न सरकारसँग माग गरेको छ । बैठकले मधेशवादी दलसँगको वार्ता जारी राख्ने निर्णय गरेको समेत छ । भट्टराईका अनुसार एमालेले राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँगको वार्तालाई निरन्तरता दिने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, “राजपा, विजयकुमार गच्छेदार, उपेन्द्र यादवसँग एमालेको भइरहेको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ, पार्टीले छलफलबाट ठोस परिणाम आउने अपेक्षा गरेको छ, छिट्टै सकारात्मक परिणामबाहिर आउनेछ ।”

आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बनाउन कार्यकर्तालाई सक्रिय भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै बैठकले प्रदेश र सङ्घको निर्वाचनका लागि आजबाट शुरु भएको मतदाता सङ्कलनको काममा सबैलाई समेट्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

एमाले बैठकले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख भट्टराईले ६ वटै प्रदेशका जनप्रतिनिधिलाई यही महिनाभित्र प्रशिक्षण दिने निर्णय गरेको बताउनुभयो । एमालेले पार्टी कमिटी र जनवर्गीय संगठनको स्थगित भएको अधिवेशनका सम्पन्न गर्ने निर्णय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com