ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन क्षेत्र बढाउने प्रस्ताव एमालेलाई अमान्य, आयोग गठन गर्न माग


admin
श्रावण १, २०७४ आईतबार   ७ : १४   बजे

भक्तपुर, १ साउन । नेकपा एमालेले संविधानले निर्धारण गरेअनुसार १६५ वटा निर्वाचन क्षेत्रलाई कायम गर्नुपर्ने अडान राखेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज भएको एमाले स्थायी कमिटी बैठकले सरकारले निर्वाचन क्षेत्र बढाए कुनै हालतमा एमालेलाई मान्य नहुने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले राखेको २४० निर्वाचन क्षेत्रको प्रस्ताव स्वीकार नगर्ने निर्णय गरेको बताउनुभयो । सरकारले गरेको निर्वाचन क्षेत्र बढाउने प्रस्ताव मान्य नहुने बताउँदै उहाँले भन्नुभयो, “संविधानले निर्धारण गरेअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिनुपर्नेमा एमालेको अडान छ ।”

बैठकले प्रदेश सभा निर्वाचनका लागि छिटोभन्दा छिटो सीमा निर्धारण गर्न छुट्टै आयोग गठन गर्न सरकारसँग माग गरेको छ । बैठकले मधेशवादी दलसँगको वार्ता जारी राख्ने निर्णय गरेको समेत छ । भट्टराईका अनुसार एमालेले राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँगको वार्तालाई निरन्तरता दिने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, “राजपा, विजयकुमार गच्छेदार, उपेन्द्र यादवसँग एमालेको भइरहेको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ, पार्टीले छलफलबाट ठोस परिणाम आउने अपेक्षा गरेको छ, छिट्टै सकारात्मक परिणामबाहिर आउनेछ ।”

आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बनाउन कार्यकर्तालाई सक्रिय भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै बैठकले प्रदेश र सङ्घको निर्वाचनका लागि आजबाट शुरु भएको मतदाता सङ्कलनको काममा सबैलाई समेट्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

एमाले बैठकले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख भट्टराईले ६ वटै प्रदेशका जनप्रतिनिधिलाई यही महिनाभित्र प्रशिक्षण दिने निर्णय गरेको बताउनुभयो । एमालेले पार्टी कमिटी र जनवर्गीय संगठनको स्थगित भएको अधिवेशनका सम्पन्न गर्ने निर्णय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group