ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीको शपथसंगै, तीन विना विभागीय मन्त्री नियुक्त


ABC NEWS
बैशाख १५, २०८० शुक्रबार  १ : ०७ बजे

 

बुटवल १५ वैशाख । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ गराएका हुन् ।

चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरीसहित गठबन्धनमा रहेका राजनीतिक दलका नेता कार्यकर्ता सहभागी थिए ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा तीन मन्त्रीले विना विभागीय मन्त्रीको रुपमा शपथ लिने भएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री चौधरी र विना विभागीय मन्त्री मास्की दाङको प्रतिनिधि सभा ३ को क र ३ को खबाट प्रदेश सभा निर्वाचित हुन् ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र राप्रपाका ४ गरी ३३ जना अहिलेको सरकारको विपक्षमा रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com