ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायिक नेतृत्वको दोलखा भ्रमण


एबीसी / संवाददाता

दोलखा, १२ वैशाख । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्याय क्षेत्रका विशिष्ट व्यक्तिहरूले हालै दोलखा भ्रमण गरेका छन् । जिल्लाको इतिहासमा न्यायपालिकाको प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश, महान्यायाधिवक्ता र कानुन क्षेत्रका विशिष्ट व्यक्ति एकैपटक पुग्ने यो ऐतिहासिक अवसर हो । यो अवसरको संयोग नेपाल बार एशोसिएसन दोलखा एकाइको भवन उद्घाटन कार्यक्रमले जुराएको हो ।

उक्त कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्की, सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी र हरि फुँयाल, महान्यायाधिवक्ता डा दीनमणि पोखरेल, सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, सर्वोच्च बार एशोसिएसनका अध्यक्ष हरिशंकर निरौला, वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद उप्रेती, टंक दुलाल, मेघराज पोखरेल, पूर्वमहान्यायाधिक्ता मुक्ति प्रधान, बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, नेपाल बार काउन्सिलका सदस्य डा चन्द्रकान्त ज्ञवाली, रुद्र नेपाललगायत पुगेका थिए ।

यही वैशाख ८ गतेका लागि भ्रमणको नेतृत्व दोलखा काठमाडौँ कानुन व्यवसायी समाजको संयोजक तथा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र सचिव प्रवीण प्रधानले गरेका थिए । वैशाख ८ गते औपचारिकरूपमा भवन उद्घाटन र दोलखा जिल्ला अदालतको अवलोकन गरी उनीहरुले यही वैशाख ९ गते कालिञ्चोक भगवतीको मन्दिर र दोलखा भीमसेनको दर्शन गरेका हुन् ।

भ्रमणका क्रममा चरिकोटबाट सेतै फुलेका लालीगुँरास र सुन्दर वातावरणको अवलोकन गर्दै उनी कालिञ्चोक पुगे । दोलखा भ्रमणमा आउँदाको मौकामा कालिञ्चोक भगवती र भीमेश्वरको दर्शन गर्ने अवसरमा मिलेकामा खुसी व्यक्त गर्दै कामु प्रधानन्यायाधीश कार्कीले भने, “दोलखासँग मेरो पुरानो सम्बन्ध छ, मेरो कानुनी क्षेत्रको यात्रा नै दोलखाबाट सुरुवात भएको हो ।”

दोलखा जिल्लाका लागि एउटा सुन्दर संयोजक मान्नुपर्छ । पूर्वमहान्यायाधिक्ता अग्नि खरेलसँग मिलेर उनले पहिलो ल फर्म दोलखामा प्रारम्भ गरेका थिए । “वास्तवमा मेरो दोलखासँग एउटा मीठो संयोग छ, म ओखलढुङ्गाबाट आउने क्रममा एउटा मुद्दाको सिलसिलामा दोलखा झरेको थिएँ, यहाँ कानुन व्यवसायी छैनन्, यही ल फर्म खोलेर काम गर्नुपर्छ भन्ने कुरा आयो”, उनले विगत स्मरण गर्दै भने, “अग्नि खरेल र म मिलेर ल फर्म खोल्यौँ, मेरो दोलखाबाटै कानुनी यात्रामा प्रवेश भएको थियो ।” त्यही ठाउँबाट कानुन क्षेत्र प्रारम्भ गरेको व्यक्तिले अहिले न्यायालयको नेतृत्व गरिरहेका छन् ।

दोलखा भीमसेनको दर्शन गरेपछि त्यहाँको एतिहासिक पुरानो बस्ती पनि उनले अवलोकन गरे । पुराना बस्तीका घर र बस्ती केही परिवर्तन भएको महसुस भएको उल्लेख गर्दै उनले भने, “पहिलाको भन्दा अलि फरक भएन, म आउँदा त्यो घर अर्कै थियो, अहिले केही परिर्वतन भएछ ।” दोलखा बजारमा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, दोलखा जिल्लाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ, अधिवक्ता प्रवीण प्रधानगायतले अवलोकन गराएका थिए ।

सर्वोच्च अदालतमा न्यायाधीश हरि फुँयाल र कुमार रेग्मीले पनि उक्त अवसरमा कालिञ्चोक भगवती र दोलखा भीमसेनको दर्शन गरे । सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता पहिलोपटक दोलखा भ्रमणमा पुगेका हुन् । “दोलखा पहिलोपटक घुम्ने मौका पाएको हुँ, सुन्दर रैछ ।”

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारलाई पनि दोलखा पुग्ने र अवलोकन गर्ने अवसर पाएकामा खुसी लागेको छ । “म दसैँमा पनि दोलखा घुम्न आएको थिएँ, माथिल्लो तामाकोसीसम्म घुमेर फर्किएका थियौँ”, उहाँले भन्नुभयो, “मलाई दोलखा छुट्टै राम्रो र सुन्दर लाग्छ ।”

दोलखा–काठमाडौँ कानुन व्यवसायी समाजको संयोजक तथा वरिष्ठ अधिवक्ता पोखरेललाई दोलखा र दोलखाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलमा न्यायिक नेतृत्वलाई अवलोकन गराउन पाउँदा खुसी लागेको बताए ।

न्यायालयको नेतृत्व गर्ने व्यक्ति र न्याय क्षेत्रका नेतृत्व गर्ने विशिष्ट व्यक्तिहरू एकै ठाउँमा भेट हुनु एउटा सुन्दर संयोग हो । विरलै यस्तो संयोग हुन्छ । दोलखा बार एकाइका अध्यक्ष कृष्ण बस्नेतले आफ्नो कार्यकालमा बारको भवन उद्घाटन गर्ने क्रममा न्यायिक नेतृत्वको आगमनले खुसी बनाएको बताए । “न्याय क्षेत्रका सर्वोच्च व्यक्तिको दोलखामा आगमन भयो, मलाई असाध्यै खुशी लागेको छ”, उनले सुनाए, “खुसी लाग्यो मेरो कार्यक्रममा एउटा महत्वपूर्ण काम गरियो ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com