काठमाडौं । बारा २ मा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् ।
प्रारम्भिक मतगणना अनुसार, सत्ता गठबन्धनको समेत उम्मेदवार रहेका यादव २२४ मतका साथ अगाडि छन् ।
मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट सुरु गरिएको छ । यादवलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन् । उनको १७० मत छ ।
त्यसैगरी, एमालेका पुरुषोत्तम पौडेल १६६ र रास्वपाका रमेश खरेलले ८० मत ल्याएका छन् ।







प्रतिक्रिया दिनुहोस्