ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीपविरुद्धको मुद्दामा चिकित्सक र क्रिकेटरको पनि बकपत्र सकियो


ABC NEWS
बैशाख ६, २०८० बुधबार  ८ : १६ बजे

काठमाडौं ६ बैशाख । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको पनि बकपत्र गराइएको छ।

जिल्ला अदालत काठमाडौंले बुधबार दुवै जनाको बकपत्र गराएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए।

यससँगै अब भने मुद्दाको फैसलाका लागि अन्तिम सुनुवाइ हुने भएको छ। अन्तिम सुनुवाइका लागि आगामी सोमबारका लागि पेसी तोकिएको छ।

यससँगै अब भने मुद्दाको फैसलाका लागि अन्तिम सुनुवाई हुने भएको छ। अन्तिम सुनुवाईका लागि आगामी सोमबार पेशी तोकिएको छ।
यसअघि नै अन्तिम सुनुवाईका लागि पेशी तोकिएको भएपनि मेडिकल गर्ने टिमका अर्कै डाक्टरको बकपत्रलाई किशोरी पक्षले नमानेर अर्कै मुख्य डाक्टरको बकपत्र गराउन निवेदन दिएका थिए। यस्तै क्रिकेटर साहब आलमको पनि बकपत्र गराइएको हो।

उनीहरु दुवै जनाको बकपत्र बुधबार गराइएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा आज बकपत्र सकिएको छ।

यसअघि चैत २६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो।

एक किशोरीले सन्दीपविरुद्ध बलात्कारको आरोपमा भदौ २१ गते गौशला बृत्तमा जाहेरी दिएकी थिइन्। असोज २० गते स्वदेश फर्किएपछि सन्दीपलाई थुनामा राखेर प्हरीले मुद्दाको अनुसन्धान गरेको थियो।

कात्तिक २९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश सरोजकृष्ण घिमिरे घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उनको आदेश उच्च अदालत ९पाटन०ले बदर गरेपछि सन्दीप २० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध पनि फुकुवा गराएको थियो।

थुनामुक्त भएपछि राष्ट्रिय टोलिबाट सन्दीपले नियमित क्रिकेट खेल्दै आएका छन्। अहिले एसीसी प्रिमियर कप चलिरहेको छ। घरेलु मैदानमा १० देश सम्मिलित प्रतियोगिता चलिरहेकै अवस्थामा उनीविरुद्धको मुद्दाको अन्तिम फैसला हुने भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

हारपछि एमालेभित्र फेसबुक युद्ध : “महासचिवदेखि पूर्वमन्त्रीसम्म नेताहरूको सार्वजनिक आरोप–प्रत्यारोप”

किन बढारिए पुराना दल ?

प्रतिनिधिसभा निर्वाचन: २०४८ यता सबैभन्दा कम मतदान , जेन जी विद्रोहपछि अपेक्षा टुट्यो

ट्रम्पको दाबी: ‘इरानी ‘पागलहरू’ पहिले आक्रमण गर्न लागेका थिए’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com